यहेज्केल 24:4

अनलक शाब्दिक बाइबल

त्‍यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्‍याकुलो जम्‍मा गर र त्‍यसलाई असल हाडहरूले भर्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 3:2-3 : 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
  • मत्त 7:2 : 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
  • यहे 22:18-22 : 18 “ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्‍ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन्‌ । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् । 19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु । 20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु र तिमीहरूलाई गाल्‍नेछु । 21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ । 22 जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 24:5-6
    2 पदहरू
    89%

    5बगालको सबभन्‍दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्‍यसमा हाडहरू पका ।

    6यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् ।

  • यहे 24:10-11
    2 पदहरू
    80%

    10दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ ।

    11त्‍यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।’

  • 3यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्त तिनीहरू भन्‌। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल्‌ ।

  • 3तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।

  • 13आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।

  • 46एउटै घरमा यसलाई खाइनुपर्छ । तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू ।

  • लैव्य 4:9-11
    3 पदहरू
    72%

    9दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।

    10मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।

    11साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,

  • यहे 5:3-4
    2 पदहरू
    72%

    3तर कपालको केही भाग लि र आफ्‍नो लुगामा ती बाँध् ।

    4तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”

  • 4तब उहाँले मलाई भन्‍नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।

  • 25उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।

  • लैव्य 3:9-10
    2 पदहरू
    72%

    9त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो,

    10र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।

  • 17त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत

  • 12त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,

  • 7यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ ।

  • 21इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।

  • 22तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।

  • लैव्य 7:3-4
    2 पदहरू
    70%

    3त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,

    4दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू ।

  • 4र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।

  • 6त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।

  • 16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

  • 18तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।

  • 1¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।

  • लैव्य 3:14-15
    2 पदहरू
    70%

    14त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै भएको बोसोलाई निकालोस् ।

    15त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।

  • यहे 37:6-7
    2 पदहरू
    70%

    6म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्‍नेछु र तिमीहरूमा सास हाल्‍नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।’”

    7यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।

  • १ शमू 2:15-16
    2 पदहरू
    69%

    15अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”

    16त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्‍छा गरेजति लानुहोस् ।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्‍ती गरेर लानेछु ।”

  • 14कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।

  • 4परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!

  • 11तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’

  • 9काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ ।

  • 1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।

  • 34हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।

  • 6तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।

  • 24उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ ।

  • 18तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् ।

  • 5इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।

  • 31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

  • 5किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु ।

  • 28तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।