यहेज्केल 28:15

अनलक शाब्दिक बाइबल

तेरो सृष्‍ट गरिएको दिनदेखि तँमा अन्‍याय फेला नपरेसम्‍म, तेरो चालमा तँ दोषरहित थिइस्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 1:26-27 : 26 परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” 27 परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
  • यहे 27:3-4 : 3 र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।' 4 तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए ।
  • यहे 28:3-6 : 3 तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान्‌ होस् र कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस् । 4 तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्‍न तुल्याएको छस् र आफ्‍नो भण्‍डारहरूमा सुन र चाँदी थुपारेको छस्‌ । 5 ठुलो बुद्धि र आफ्‍नो व्यापारले तैंले आफ्‍नो धन-सम्‍पत्ति बढाएको छस् । यसैले आफ्‍नो धन-सम्‍पत्तिको कारणले तेरो हृदय अहंकारी छ । 6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले,
  • यहे 28:12 : 12 “ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् ।
  • यहे 28:17-18 : 17 तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस्‌ । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्‍नेछन् । 18 तेरा धेरै पाप र बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस्‌ । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्‍यसले तँलाई भस्‍म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा म तँलाई जमिनमा खरानी तुल्‍याउनेछु ।
  • रोमी 7:9 : 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
  • २ पत्रु 2:4 : 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।
  • उत्प 1:31 : 31 परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।
  • उत्प 6:5-6 : 5 पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो । 6 पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।
  • नीति 14:34 : 34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
  • उप 7:29 : 29 मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्‍वरले मानव-जातिलाई सोझो सृष्‍टि गर्नुभयो, तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन् ।”
  • यशा 14:12 : 12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ!
  • विलाप 5:16 : 16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 28:12-14
    3 पदहरू
    85%

    12“ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् ।

    13परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए ।

    14मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्‍वरको पवित्र डाँडामा राखें । अग्‍निमय पत्‍थरहरूका बिचमा तँ थिइस्‌, जहाँ तँ हिंड्‍थिस् ।

  • यहे 28:16-19
    4 पदहरू
    84%

    16तेरा ठुलो व्‍यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌ । यसैले अशुद्ध भएको व्‍यक्‍तिलाई झैं मैले तँलाई परमेश्‍वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्‍ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बिचदेखि धपाएँ ।

    17तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस्‌ । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्‍नेछन् ।

    18तेरा धेरै पाप र बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस्‌ । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्‍यसले तँलाई भस्‍म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा म तँलाई जमिनमा खरानी तुल्‍याउनेछु ।

    19मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन्‌ । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌' ।”

  • यशा 14:11-13
    3 पदहरू
    74%

    11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,'

    12ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ!

    13तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।

  • यहे 16:13-15
    3 पदहरू
    74%

    13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ ।

    14तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    15तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

  • 15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।

  • 10यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।

  • यहे 28:5-7
    3 पदहरू
    70%

    5ठुलो बुद्धि र आफ्‍नो व्यापारले तैंले आफ्‍नो धन-सम्‍पत्ति बढाएको छस् । यसैले आफ्‍नो धन-सम्‍पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।

    6यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले,

    7विदेशीहरू, अरू जातिका डरलाग्‍दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु । तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।

  • 3र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।'

  • यहे 28:1-3
    3 पदहरू
    70%

    1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।

    3तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान्‌ होस् र कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस् ।

  • 13तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ ।

  • 8तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।

  • 25ए इस्राएल अपवित्र र दुष्‍ट शासक, जसको दण्‍डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,

  • 47तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।

  • ओबद 1:3-4
    2 पदहरू
    69%

    3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

    4तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।

  • 24म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।

  • 13तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?

  • 23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।

  • 10तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”

  • 31हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् ।

  • अय्यू 1:7-8
    2 पदहरू
    68%

    7परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।”

    8परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”

  • 13तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्‌ ।

  • 11तँ एक्‍लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैं थिइस् ।

  • 22तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 3परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्‍यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”

  • 1¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

  • 4तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।

  • यहे 16:23-24
    2 पदहरू
    67%

    23धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै

    24तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ ।

  • 9तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।

  • 4तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।

  • 18निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ ।

  • 15दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्‍छ र—

  • 5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।

  • 22तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।