यहेज्केल 29:3
घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्छस्, “मेरो नदी मेरै हो । त्यो मैले आफ्नो निम्ति बनाएको हुँ ।”
घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्छस्, “मेरो नदी मेरै हो । त्यो मैले आफ्नो निम्ति बनाएको हुँ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ दशौं वर्षको दशौं महिनामा उक्त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन् ।
2“मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्बन्धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् ।
3परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।
4किनभने म तेरो बङ्गारामा बल्छी लगाउनेछु, र तेरै कत्लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्नेछु ।
5तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्थान फाल्नेछु । तँ खुला मैदानमा ढल्नेछस् । तँलाई कसैले जम्मा गर्ने वा उठाउने छैन । पृथ्वीका प्राणीहरू र आकाशका चाराहरूका निम्ति आहारा हुन म तँलाई दिनेछु ।
6तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् ।
2“ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्तामा, तँ कोजस्तो छस्?
8यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, तेरो विरुद्धमा म तरवार ल्याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।
9यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।”
10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्दोलदेखि आश्वानसम्म र कूश देशको सिमानासम्म नै तँ उजाड-स्थान हुनेछस् ।
19म मिश्रदेशलाई दण्डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
20एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
21“ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्यो बलियो होस् ।
22यसकारण परमप्रभु परमेश्वर योस भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
7नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ?
8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्ट पार्नेछु ।'
18अदनको कुन चाहिं रूख महिमा र महान्तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्वरको घोषणा गर्नुहुन्छ ।”
17परमप्रभु यसो भन्नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।
18नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्नेछैनन् ।'
29उहाँले भन्नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्नू ।”
10परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्त्य गरिदिनेछु ।
11त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् ।
12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु । त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
13परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्यर्थका मूर्तिहरूको अन्त्य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्यसमा चप्पलहरू लगाएर तर्न सकिन्छ ।
24म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्न सकूँ । त्योचाहिं बेबिलोनको राजाको अगि मरणान्त चोट लागेको मानिसझैं पीडाले सुस्केरा हाल्नेछ ।
25किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्रदेशको विरुद्धमा त्योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
1¶ त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्दो तरवारले त्यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।
1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन्,
2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
5समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
31फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
32जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्नेछन्, य परमप्रभु परमेश्वरको घोषणा हो ।”
19यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ ।
20त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
19अरू जातिहरूले पनि यसलाई पिउनुपर्यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,
13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको वचन यही होः
14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'
17फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।
10मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
15फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।
12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।
17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।
18तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।”
27जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
17फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्छन् र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छन् ।
21नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।