निर्गमन 7:17

अनलक शाब्दिक बाइबल

परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 4:9 : 9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”
  • निर्ग 5:2 : 2 फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्‍नँ ।”
  • निर्ग 7:5 : 5 मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”
  • भजन 9:16 : 16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
  • भजन 78:44 : 44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।
  • भजन 83:18 : 18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।
  • भजन 105:29 : 29 उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।
  • यहे 29:9 : 9 यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”
  • यहे 30:8 : 8 जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
  • यहे 30:19 : 19 म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
  • यहे 32:15 : 15 जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।
  • यहे 38:23 : 23 म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”
  • यहे 39:28 : 28 तब म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन ।
  • दानी 4:17 : 17 यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
  • दानी 4:32 : 32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।”
  • दानी 4:37 : 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।
  • दानी 5:21 : 21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो ।
  • दानी 5:23 : 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • प्रका 8:8 : 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।
  • प्रका 11:6 : 6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।
  • प्रका 16:3-6 : 3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे । 4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए । 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो । 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
  • १ शमू 17:46-47 : 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्, 47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।
  • १ राजा 20:28 : 28 तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
  • २ राजा 19:19 : 19 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।”
  • निर्ग 6:7 : 7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
  • निर्ग 1:22 : 22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 7:18-21
    4 पदहरू
    86%

    18नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'

    19तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।”

    20परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।

    21नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।

  • निर्ग 7:24-25
    2 पदहरू
    79%

    24सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।

    25परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।

  • 9तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”

  • निर्ग 7:3-5
    3 पदहरू
    77%

    3तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।

    4तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।

    5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”

  • निर्ग 7:15-16
    2 पदहरू
    76%

    15फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।

    16त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'

  • 44उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • यहे 30:19-20
    2 पदहरू
    74%

    19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

    20एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • निर्ग 17:5-6
    2 पदहरू
    73%

    5परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।

    6म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे ।

  • निर्ग 7:8-10
    3 पदहरू
    73%

    8परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

    9“फारोले तिमीहरूलाई 'आश्‍चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्‍नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ' ।”

    10तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।

  • 5परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।”

  • 9यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”

  • 29उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।

  • 6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

  • 20म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।

  • 16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।

  • निर्ग 9:14-15
    2 पदहरू
    72%

    14किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु ।

    15यति बेलासम्म त मैले मेरो हात पसारेर तँ र तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस् ।

  • 5समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।

  • 2तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु ।

  • 17तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”

  • 3घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”

  • 13म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ । मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु । यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन ।

  • 4तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।

  • यहे 32:14-15
    2 पदहरू
    70%

    14तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

  • 22तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् । यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ ।

  • 26परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”

  • 11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।

  • 2मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।”

  • 20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • 2परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी ।”

  • 17किन म पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”

  • 16परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्' ।”

  • 7परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 12हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।

  • 12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।