प्रकाशको पुस्तक 16:4

अनलक शाब्दिक बाइबल

तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 7:17-20 : 17 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ । 18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।' 19 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।” 20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
  • प्रका 8:10-11 : 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
  • प्रका 14:7 : 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
  • प्रका 16:5 : 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।
  • निर्ग 8:5 : 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।”
  • यशा 50:2 : 2 म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्‍कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
  • यहे 35:8 : 8 मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।
  • हो 13:15 : 15 एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 16:1-3
    3 पदहरू
    86%

    1¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”

    2पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।

    3दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।

  • प्रका 16:5-13
    9 पदहरू
    82%

    5पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।

    6किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”

    7वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”

    8चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।

    9तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।

    10पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।

    11तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।

    12छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।

    13मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।

  • प्रका 8:7-12
    6 पदहरू
    80%

    7पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।

    8दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।

    9त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।

    10तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।

    11त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।

    12चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।

  • 44उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।

  • 17तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”

  • प्रका 14:19-20
    2 पदहरू
    73%

    19ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।

    20सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • 1¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।

  • 19त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।

  • प्रका 9:13-15
    3 पदहरू
    72%

    13छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।

    14तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”

    15मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।

  • 21नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।

  • प्रका 14:7-10
    4 पदहरू
    71%

    7तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

    8अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”

    9अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,

    10उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।

  • 6यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।

  • 1¶ तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।

  • 6तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ ।

  • 9तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”

  • 6मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।

  • 1¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।

  • निर्ग 7:17-18
    2 पदहरू
    70%

    17परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।

    18नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'

  • 29उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।

  • 2उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”

  • 15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”

  • 24त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”

  • 16तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।

  • 18त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।

  • 16चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।