यहेज्केल 32:30

अनलक शाब्दिक बाइबल

उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 38:6 : 6 गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्!
  • यहे 38:15 : 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।
  • यहे 39:2 : 2 तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु ।
  • यहे 28:21 : 21 “ए मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्‍यसको विरुद्धमा अगमवाणी गर् ।
  • यहे 32:24-25 : 24 एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् । 25 मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ ।
  • यिर्मि 25:22 : 22 टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,
  • यिर्मि 25:26 : 26 उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 32:18-29
    12 पदहरू
    87%

    18“ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा ।

    19‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’

    20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

    21चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’

    22अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए ।

    23त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ ।

    24एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् ।

    25मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ ।

    26मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्यहाँ छन्! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए ।

    27युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए ।

    28यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् ।

    29एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् ।

  • यहे 32:31-32
    2 पदहरू
    77%

    31फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    32जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • यहे 31:16-18
    3 पदहरू
    74%

    16मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए ।

    17किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए ।

    18अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

  • यहे 32:10-12
    3 पदहरू
    70%

    10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ ।

    11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

    12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • 70%

    25यो परमप्रभुको घोषणा हो, हेर, दिनहरू आउँदैछन्, जति बेला म शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु ।

    26म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”

  • 16तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ ।

  • यशा 14:18-19
    2 पदहरू
    69%

    18जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन् ।

    19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन् ।

  • यहे 28:10-11
    2 पदहरू
    69%

    10विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्‌, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

    11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,

  • यहे 30:5-6
    2 पदहरू
    68%

    5कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।

    6परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 7यसकारण, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्‍नेछन् ।

  • 20तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।

  • 8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।

  • 16तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ ।

  • 11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

  • 12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

  • 12तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 67%

    33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

    34हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।

  • 5डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

  • 13देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।

  • 26चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।

  • 22यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्‍याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्‍नेछन्‌ । तँभित्र म पवित्र प्रकट हुनेछु ।

  • 3तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।

  • 16तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।

  • 25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।

  • 21युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।

  • 10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।

  • 12तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्‍ना आँखाले भूइँ नदेखोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ ।

  • 25बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ ।