यहेज्केल 30:11

अनलक शाब्दिक बाइबल

त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 28:7 : 7 विदेशीहरू, अरू जातिका डरलाग्‍दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु । तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
  • यहे 31:12 : 12 सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।
  • यहे 32:12 : 12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।
  • यहे 35:8 : 8 मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।
  • यहे 39:4 : 4 तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु ।
  • यहे 39:11-20 : 11 त्‍यसपछि त्यो दिन यस्तो हुनेछ । गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो । त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्‍नेछ । त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् । तिनीहरूले त्यसलाई हामोन-गोगको बेसी नामाकरण गर्नेछन् । 12 किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन् । 13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 14 अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन् । तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन् । भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका र त्यो देशमा रहेका लासहरूलाई खोजी गरेर गाड्नेछन् । सातौं महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन् । 15 यी मानिसहरू ती देशबाट हिंड्दा, जब तिनीहरूले मानिसको हाड देख्‍छन्, तब चिहान खन्‍नेहरू आएर त्यसलाई हामोन-गोगको बेसीमा लगेर नगाडेसम्‍मलाई त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्‍नेछन् । 16 त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ । यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन् । 17 ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ । 18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् । 19 तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ । 20 तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’
  • हब 1:6-9 : 6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् । 7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ । 8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् । 9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।
  • सप 1:17-18 : 17 किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् । 18 परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”
  • व्यव 28:50 : 50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन ।
  • यशा 14:4-6 : 4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो! 5 परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ, 6 जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो ।
  • यशा 34:3-7 : 3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ । 4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् । 5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ । 6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ । 7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
  • यिर्मि 51:20-23 : 20 तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्‍ट पार्नेछु । 21 तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु । 22 तँद्वारा नै म हरेक पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु । 23 तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्‍ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 32:11-12
    2 पदहरू
    85%

    11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

    12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • यहे 30:4-10
    7 पदहरू
    83%

    4तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।

    5कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।

    6परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

    8जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

    9त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ ।

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

  • 81%

    11किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

    12त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।

  • 8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

  • दानी 11:42-43
    2 पदहरू
    78%

    42उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।

    43सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् ।

  • यहे 32:31-32
    2 पदहरू
    77%

    31फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    32जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • यहे 30:12-14
    3 पदहरू
    77%

    12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।

    13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।

    14तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।

  • 19यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ ।

  • यहे 29:8-12
    5 पदहरू
    76%

    8यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।

    9यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”

    10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

    11कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन,अनि र कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन । चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन ।

    12किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • 76%

    12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

    13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

    14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'

  • 17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।

  • यहे 32:15-16
    2 पदहरू
    75%

    15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

    16त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।

  • 75%

    12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।

    13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,

  • यहे 30:22-25
    4 पदहरू
    75%

    22यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।

    23तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।

    24म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।

    25किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • 18अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

  • 11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।

  • 17यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।

  • 17फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।

  • 18“ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा ।

  • 20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।

  • 4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 7विदेशीहरू, अरू जातिका डरलाग्‍दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु । तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।

  • 19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 2“मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् ।

  • 11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।