यहेज्केल 28:7
विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16तेरा ठुलो व्यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस् । यसैले अशुद्ध भएको व्यक्तिलाई झैं मैले तँलाई परमेश्वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्निमय पत्थरहरूका बिचदेखि धपाएँ ।
17तेरो सुन्दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस् । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्नेछन् ।
18तेरा धेरै पाप र बेईमान व्यापारको कारणले तैंले आफ्ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस् । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्यसले तँलाई भस्म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा म तँलाई जमिनमा खरानी तुल्याउनेछु ।
19मानिसहरूका माझमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुनेछन् । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्यै रहनेछैनस्' ।”
8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।
10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्येक व्यक्ति हर घडी काँप्नेछ ।
11किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।
12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।
8तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्यु हुनेछ ।
39तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् ।
40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्याउनेछन्, र तँलई ढुङ्गाले हान्नेछन्, र तिनीहरूले तँलाई आफ्ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन् ।
7यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।
14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्यक्तिका दृष्टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
25मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ ।
26उनीहरूले तेरा वस्त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन् ।
31म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
11यसैकारण, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”
24यसैले म सबैभन्दा दुष्ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन् ।
8यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, तेरो विरुद्धमा म तरवार ल्याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।
8तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।
35किनारका सबै बासिन्दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।
11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,
32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्ने तिमीहरूका दुश्मनहरूले त्यस्तो विनाश देखेर आश्चर्यचकित हुने छन् ।
33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
5सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
18अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।'
14तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो ।
20आफ्ना सुन्दर गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।
21तब म ती थोकहरू विदेशीहरू र दुष्टका हातमा लुटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन् ।
15हेर! ए इस्राएलको घराना हो, मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु, यो परमप्रभुको घोषणा हो, यो एउटा दिगो र प्राचीन जाति हो । यो एउटा त्यस्तो जाति हो जसको भाषा तैंले जान्दैनस्, न त तिनीहरूले के भन्छन् त्यो तैंले बुझ्नेछस् ।
7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
8यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु ।
8तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।
11तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैंले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्यसलाई तर्काउन सक्नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
3अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।
46यसैले परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्पिदिनेछु ।
4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।”
3यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु ।
49परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्नता देखून् भनेर म तेरो नग्नता उघारिदिनेछु ।
11त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् ।
6यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले,
30वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
8त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।
37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।