यहेज्केल 34:23

अनलक शाब्दिक बाइबल

मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 40:11 : 11 एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।
  • यूह 10:11 : 11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
  • यिर्मि 30:9 : 9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
  • यहे 37:24-25 : 24 मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् । 25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
  • हो 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
  • मीका 5:2-5 : 2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो । 3 यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ । 4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ । 5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
  • जक 13:7 : 7 “ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।
  • यशा 55:3-4 : 3 आफ्‍ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु । 4 हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राखेको छु ।
  • यिर्मि 23:4-6 : 4 त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो । 5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ । 6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
  • उप 12:11 : 11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
  • यशा 11:1 : 1 ¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
  • इब्रा 13:20 : 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
  • १ पत्रु 2:25 : 25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।
  • १ पत्रु 5:4 : 4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।
  • प्रका 22:16 : 16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 24किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।

  • यहे 37:24-25
    2 पदहरू
    87%

    24मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् ।

    25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।

  • 22म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!

  • यिर्मि 23:1-5
    5 पदहरू
    85%

    1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

    2त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।

    3मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।

    4त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।

    5यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ ।

  • यहे 34:6-17
    12 पदहरू
    82%

    6मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।

    7यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    8यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।

    9यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।

    11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,

    12जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।

    13तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु ।

    14तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् ।

    15मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो,

    16म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।

    17यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।

  • 9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।

  • 7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

  • जक 11:15-16
    2 पदहरू
    77%

    15परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,

    16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

  • 8अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।

  • भजन 23:1-2
    2 पदहरू
    77%

    1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।

    2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।

  • यहे 34:30-31
    2 पदहरू
    77%

    30तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    31किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 4परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!

  • यहे 34:1-2
    2 पदहरू
    75%

    1¶ तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,

    2“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?

  • 15मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।

  • 7“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

  • भजन 78:70-71
    2 पदहरू
    75%

    70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

    71आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।

  • 4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।

  • 7यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ ।

  • 44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?

  • 11एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।

  • 20यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु,

  • 22देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।

  • 21तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्‍पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।

  • 11म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।

  • 17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,

  • 17दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।

  • 19इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ ।

  • 35गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन ।

  • 19हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”