यहेज्केल 35:11
यसकारण यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
यसकारण यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12यसरी म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्साथ यसो भन्दा, “तिनीहरू नष्ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
13तैंले जे भनिस् त्यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
14परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
15इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
4तेरा सहरहरूलाई म भग्नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
5किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
6यसकारण, यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्नेछ ।
8यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु ।
9तेरा घिनलाग्दा कामहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न म फेरि कहिल्यै गर्नेछु ।
9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
10तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
8अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्याउनेछु । तेरो चालअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरू तँमाथि ल्याउनेछु ।
9किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।
19यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जस्तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्याइदिनेछु ।
20म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्ति म उसको न्याय गर्नेछु ।
11यसकारण जस्तो म जीवित छु—यो परमप्रभु परमेश्वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्दा कामहरूले मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
13तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ । म सन्तुष्ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्यक्तिका दृष्टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
15यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्नेछ । म रिस, क्रोध र डरलाग्दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।
5यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः निश्चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’
6यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ ।
14मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।
31त्यसैले तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्लोमा हाल्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"'
3अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।
4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
33जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्याउनेछु ।
59परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँलाई जस्तो व्यवहार गर्नु उचित हुन्छ त्यस्तै व्यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्छ ठानेकी छस् ।
31म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
17किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।
10तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
11यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु ।
7यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।
14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्नेछैनँ, न त म त्यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्याय गर्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
38किनकि व्यभिचार र रगतको बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
12परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो ।
15मेरा कुराहरू नसुन्ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”
21जातिहरूका बिचमा म आफ्नो महिमा स्थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्नेछन् ।
18यसैले यो परमप्रभु परमेश्वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।
21तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
14त्यसपछि तैंले नचिन्ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”
23म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।
13यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
28तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
8यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्वरको घोषणा यस्तो छः
13हेर्, तैंले अन्यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु ।
14मैले तँसित व्यवहार गरेको दिनमा के तेरो हृदय स्थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्यसै गर्नेछु ।
10यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनें ।
8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्यागिएको उजाड-स्थान बनाउनेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”