यहेज्केल 35:15

अनलक शाब्दिक बाइबल

इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 34:5-6 : 5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ । 6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
  • विलाप 4:21 : 21 हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्‍नेछेस्, र नाङ्गो पारिने छेस् ।
  • यहे 35:3-4 : 3 त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु । 4 तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
  • भजन 137:7 : 7 हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
  • ओबद 1:12 : 12 तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।
  • ओबद 1:15 : 15 किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।
  • मर 3:8 : 8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।
  • नीति 17:5 : 5 गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
  • यिर्मि 50:11 : 11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
  • यहे 35:9 : 9 तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
  • यहे 36:2-5 : 2 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’ 3 यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ । 4 यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 5 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः निश्‍चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’
  • यहे 39:6-7 : 6 तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् । 7 किनकि मेरा मानिस, अर्थात् इस्राएलका बिचमा आफ्‍नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन । जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।

  • यहे 35:1-4
    4 पदहरू
    83%

    1¶ त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।

    3त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।

    4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • यहे 35:7-12
    6 पदहरू
    81%

    7सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।

    8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।

    9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

    10तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।

    11यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।

    12यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।

  • यहे 25:11-14
    4 पदहरू
    79%

    11यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

    12परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गरेर त्यसले गलत गर्‍यो ।

    13यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।

    14मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।

  • यहे 25:6-8
    3 पदहरू
    79%

    6किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।

    7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

    8परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”

  • यहे 36:2-6
    5 पदहरू
    79%

    2परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’

    3यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ ।

    4यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,

    5यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः निश्‍चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’

    6यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ ।

  • 8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • यहे 33:28-29
    2 पदहरू
    77%

    28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

    29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।

  • यहे 36:12-13
    2 पदहरू
    77%

    12तिमीहरूमा हिंड्‍नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्‍याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ ।

    13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्‍ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”

  • 14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 76%

    16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।

    17एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।

  • 16यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • यहे 5:14-15
    2 पदहरू
    75%

    14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

    15यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रिस, क्रोध र डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।

  • 32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

  • 15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

  • ओबद 1:8-9
    2 पदहरू
    74%

    8परमप्रभु भन्‍नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?”

    9ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।

  • 3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 3आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।

  • 13तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।

  • 34किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।

  • 4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

  • 18त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ ।

  • 13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।

  • 15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 36तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।