यहेज्केल 39:20

अनलक शाब्दिक बाइबल

तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 19:18 : 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
  • भजन 76:5-6 : 5 साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए । 6 हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
  • यहे 38:4 : 4 यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।
  • हाग्गै 2:22 : 22 किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 39:17-19
    3 पदहरू
    83%

    17ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ ।

    18तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् ।

    19तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ ।

  • प्रका 19:18-19
    2 पदहरू
    77%

    18तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”

    19मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।

  • 21जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन् ।

  • 7तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन् ।

  • 4यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।

  • 15तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।

  • 72%

    9ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ ।’

    10त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्‍ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ ।

  • यहे 39:4-5
    2 पदहरू
    71%

    4तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु ।

    5यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु ।

  • यहे 26:10-11
    2 पदहरू
    71%

    10त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।

    11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।

  • 13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।

  • 21तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।

  • 6यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।

  • 5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।

  • 3आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।

  • 7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।

  • 10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 14सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’

  • यहे 23:23-24
    2 पदहरू
    70%

    23बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।

    24उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ ।

  • 8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।

  • 16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।

  • 9यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् ।

  • 20तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्‍चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्‍नबलि ल्याउनेछन् ।

  • 21तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 26तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।

  • 15म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ ।

  • 7तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।

  • 26तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्‍तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।”

  • 6परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।

  • 14तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।”

  • 14तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”

  • 22किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।

  • 10परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु ।

  • 20तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।

  • 19के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?

  • 11ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्‍ख्‍यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्‍यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।

  • 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • 6नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।

  • 13त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु ।

  • 15सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् ।

  • 20तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् ।

  • 19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।