यशैया 65:13
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
15मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
14तिमीहरूले खानेछौ तर तृप्त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।
5विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् ।
6तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।
7तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्नो देशको दोब्बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।
26तिमीहरू प्रशस्त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्ना परमप्रभु परमेश्वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्मका काम गर्नुएको छ, र म कहिल्यै आफ्ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
27म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
11तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
12तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्यारा सामु घोप्टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्टिमा जे खराब थियो त्यही गर्यौ र मलाई खसी नपार्ने काम गर्न रोज्यौ ।”
5परमप्रभुको वचनमा काम्नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
16किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।
13यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
48परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्ट नगरुञ्जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
22तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
23त्यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ ।
19अनि देशका मानिसहरूलाई यसो भन्: 'यरूशलेमका बासिन्दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “तिनीहरूले आफ्नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका हिंसाको कारणले त्यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
14तिमीहरूले यो देख्नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्नो रिस प्रकट गर्नुहुनेछ ।
19तब तिमीहरू अघाउन्जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ ।
20तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्त हुनेछौ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’
11हेर्, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्यो परमप्रभुको वचन सुन्ने कुराको हो।
22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्ट कामद्वारा तँ निश्चय नै लज्जित हुनेछस्, र अपमानित हुनेछस् ।
13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्नेहरू सबैको म बिगार गर्नेछु ।
17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
29किनकि प्रशस्त अन्न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।
2जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
7यसकारण, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्नेछन् ।
33तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्याउनेछैनँ ।
17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
19तिमीहरू आज्ञाकारी र इच्छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
20तर तिमीहरूले इन्कार गर्यौ र विद्रोह गर्यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्नुभएको छ ।
7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्नुभएको छ ।
15त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
15तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
19के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
13परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”
9कटनी गर्नेहरूले त्यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
19समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।
38तिमीहरू जाति-जातिहरूका बिचमा नष्ट हुने छौ, र तिमीहरूका दुश्मनको भूमिले तिमीहरूलाई निल्ने छ ।
11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।
17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्ट पार्नेछन् ।
26तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्नै रगले दाखमद्यले झैं मात्नेछन् । तब म परमप्रभु, तेरो मुक्तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्वर हुँ भनी सारा मानवजातिले जान्नेछन् ।”
7यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्जा गर्नेहरूको भोजको अन्त हुनेछ ।
13ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
14तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”
16तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्नेछ ।