यहेज्केल 40:45

अनलक शाब्दिक बाइबल

तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 9:23 : 23 यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
  • लैव्य 8:35 : 35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”
  • भजन 134:1 : 1 ¶ हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ ।
  • यहे 8:5 : 5 तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर्‌ ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।
  • मल 2:4-7 : 4 यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 5 “त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो । 6 त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो । 7 किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो ।
  • १ तिमो 6:20 : 20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
  • प्रका 1:6 : 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।
  • गिन 3:27-28 : 27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् । 28 परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए ।
  • गिन 3:32 : 32 पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ ।
  • गिन 3:38 : 38 मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।
  • गिन 18:5 : 5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।
  • १ इति 6:49 : 49 हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
  • २ इति 13:11 : 11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 40:46-47
    2 पदहरू
    89%

    46उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”

    47अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।

  • 44भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।

  • 19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

  • यहे 42:7-15
    9 पदहरू
    80%

    7बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।

    8बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।

    9पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।

    10पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।

    11ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।

    12दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।

    13तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।

    14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”

    15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।

  • यहे 42:1-5
    5 पदहरू
    78%

    1¶ त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।

    2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।

    3यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।

    4ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।

    5तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।

  • 24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • यहे 45:4-5
    2 पदहरू
    76%

    4योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।

    5यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।

  • यहे 40:27-28
    2 पदहरू
    75%

    27दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।

    28अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।

  • यहे 41:9-12
    4 पदहरू
    75%

    9छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।

    10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।

    11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।

    12पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।

  • 14तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।

  • यहे 40:35-36
    2 पदहरू
    74%

    35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।

    36त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

  • 11सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।

  • 10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

  • 17त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।

  • 45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।

  • यहे 40:20-21
    2 पदहरू
    73%

    20त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।

    21त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।

  • 15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,

  • 7रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।

  • 12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।

  • 4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

  • यहे 41:4-5
    2 पदहरू
    72%

    4तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”

    5त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।

  • 26तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।

  • 38सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।

  • 11तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।

  • 17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।

  • 32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

  • 4मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।