यहेज्केल 40:44

अनलक शाब्दिक बाइबल

भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 6:31-32 : 31 सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ । 32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
  • १ इति 16:41-43 : 41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ । 42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे । 43 तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।
  • यहे 40:23 : 23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
  • यहे 40:27 : 27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।
  • यहे 40:29 : 29 त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।
  • यहे 40:38 : 38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।
  • एफिसी 5:19 : 19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
  • कलस्सी 3:16 : 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
  • १ इति 25:1-9 : 1 ¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे । 4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत । 5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । 7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो । 8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे । 9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना, 10 तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 11 चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 12 पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 13 छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा १२ जना, 14 सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 15 आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 16 नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 17 दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा बाह्र जना, 18 एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 19 बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 20 तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 21 चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 22 पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 23 सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 24 सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 25 अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 26 उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 27 बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 28 एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 29 बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 30 तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 31 चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।
  • यहे 40:7 : 7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
  • यहे 40:10 : 10 त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
  • यहे 40:17 : 17 त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 40:45-46
    2 पदहरू
    86%

    45तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।

    46उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”

  • यहे 40:9-24
    16 पदहरू
    79%

    9तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।

    10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

    11त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।

    12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।

    13तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्‍चीस हात थियो ।

    14रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।

    15ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।

    16ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।

    17त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।

    18ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो ।

    19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।

    20त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।

    21त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।

    22त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्‍यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए ।

    23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।

    24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

  • यहे 42:9-13
    5 पदहरू
    79%

    9पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।

    10पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।

    11ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।

    12दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।

    13तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।

  • यहे 42:1-4
    4 पदहरू
    79%

    1¶ त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।

    2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।

    3यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।

    4ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।

  • 19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

  • यहे 40:38-40
    3 पदहरू
    77%

    38सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।

    39हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।

    40चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए ।

  • यहे 40:27-28
    2 पदहरू
    77%

    27दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।

    28अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।

  • 24ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।

  • यहे 40:35-36
    2 पदहरू
    76%

    35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।

    36त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

  • 32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

  • 15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।

  • यहे 40:6-7
    2 पदहरू
    75%

    6त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।

    7रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।

  • यहे 41:10-11
    2 पदहरू
    75%

    10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।

    11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।

  • 17भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।

  • 9तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ ।

  • 7बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।

  • 48अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 4तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।