यहेज्केल 41:2

अनलक शाब्दिक बाइबल

ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 6:2 : 2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।
  • १ राजा 6:17 : 17 महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।
  • २ इति 3:3 : 3 परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।
  • २ इति 3:7 : 7 तिनले त्‍यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्‍यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
  • २ इति 29:7 : 7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।
  • यूह 10:7 : 7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
  • यूह 10:9 : 9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
  • १ राजा 6:31-35 : 31 सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए । 32 यसरी तिनले जैतूनको काठका दुईवटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजुरका बोटहरूलाई सुनले ढाके । 33 यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए । 34 तिनले खोपिल्टामा घुम्ने दुईवटा खापा भएका सल्लाका दुईवटा ढोका पनि बनाए । 35 तिनले तिनमा करूब, खजुरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे ।
  • निर्ग 26:36 : 36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।
  • निर्ग 36:37 : 37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 41:3-5
    3 पदहरू
    92%

    3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।

    4तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”

    5त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।

  • 2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।

  • यहे 40:6-13
    8 पदहरू
    87%

    6त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।

    7रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।

    8तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।

    9तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।

    10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

    11त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।

    12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।

    13तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्‍चीस हात थियो ।

  • यहे 40:47-49
    3 पदहरू
    86%

    47अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।

    48अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।

    49दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।

  • यहे 40:19-21
    3 पदहरू
    85%

    19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।

    20त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।

    21त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।

  • यहे 41:9-15
    7 पदहरू
    84%

    9छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।

    10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।

    11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।

    12पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।

    13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।

    14पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।

    15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,

  • यहे 40:35-36
    2 पदहरू
    83%

    35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।

    36त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

  • यहे 41:23-24
    2 पदहरू
    82%

    23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।

    24यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा ।

  • 15ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।

  • 4ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।

  • 3मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो ।

  • यहे 40:27-30
    4 पदहरू
    81%

    27दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।

    28अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।

    29त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

    30भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्‍चीस हात र चौडाइमा पाँच हात थिए ।

  • यहे 40:32-33
    2 पदहरू
    81%

    32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

    33त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

  • यहे 40:23-25
    3 पदहरू
    81%

    23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।

    24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

    25ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

  • 8बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।

  • 17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।

  • 17भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।

  • 6त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।

  • 11ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।

  • 15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।

  • 22बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो ।

  • 21हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।