यहेज्केल 41:22

अनलक शाब्दिक बाइबल

पवित्र-स्थानको अगाडिको काठको वेदीजस्‍तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो । त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 23:41 : 41 त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ ।
  • यहे 44:16 : 16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् ।
  • मल 1:7 : 7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’
  • मल 1:12 : 12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ ।
  • प्रका 8:3 : 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
  • निर्ग 30:1-3 : 1 ¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू । 2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् । 3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।
  • लैव्य 24:6 : 6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्‍नू ।
  • १ राजा 6:20 : 20 भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके ।
  • १ राजा 6:22 : 22 मन्दिरको निर्माण नसकिएसम्म तिनले सम्पूर्ण भित्री भाग सुनले मोहोरे । भित्री भागमा भएको वेदीलाई पनि तिनले सुनले मोहोरे ।
  • १ राजा 7:48 : 48 सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,
  • २ इति 4:19 : 19 सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्‍थितिको रोटी राखिने टेबलहरू बनाए ।
  • नीति 9:2 : 2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
  • श्रेष्ठ 1:12 : 12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो ।
  • निर्ग 30:8 : 8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।
  • निर्ग 25:23 : 23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
  • निर्ग 25:28-30 : 28 टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र 29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू । 30 तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।
  • १ कोरि 10:21 : 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
  • प्रका 3:20 : 20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 37:10-11
    2 पदहरू
    81%

    10बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।

    11तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।

  • निर्ग 38:1-2
    2 पदहरू
    81%

    1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।

    2तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।

  • 23तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।

  • 1¶ तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।

  • निर्ग 30:1-2
    2 पदहरू
    78%

    1¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।

    2यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।

  • यहे 40:41-43
    3 पदहरू
    78%

    41ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे ।

    42त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।

    43दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्‍चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे ।

  • यहे 43:13-17
    5 पदहरू
    78%

    13वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो ।

    14भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।

    15होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।

    16अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।

    17त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।”

  • 25बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए ।

  • 1¶ यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।

  • यहे 41:1-4
    4 पदहरू
    75%

    1¶ त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।

    2ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।

    3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।

    4तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”

  • यहे 40:47-49
    3 पदहरू
    74%

    47अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।

    48अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।

    49दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।

  • 21पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट,

  • 23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।

  • 20भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके ।

  • निर्ग 36:20-21
    2 पदहरू
    73%

    20बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।

    21हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।

  • 17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।

  • 1¶ बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।

  • निर्ग 31:8-9
    2 पदहरू
    72%

    8टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,

    9होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।

  • 12पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।

  • 7यसलाई बोक्‍नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।

  • 3परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।

  • 26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।

  • 36तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,

  • 22तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।

  • 8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।

  • 27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,

  • 16हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।

  • 15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,

  • 15तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।

  • 10तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।

  • 6तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्‍ने होमबलिको लागि वेदी राख्‍नू ।

  • 1¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”

  • 3यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।

  • 12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।