निर्गमन 25:10

अनलक शाब्दिक बाइबल

तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 9:4 : 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
  • निर्ग 37:1-3 : 1 ¶ बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो । 2 तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए । 3 तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।
  • व्यव 10:1-3 : 1 ¶ त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना । 2 तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।' 3 त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।
  • २ इति 8:11 : 11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए, किनकि तिनले भने, “मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन्, किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन्‌ ।”
  • प्रका 11:19 : 19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 37:1-2
    2 पदहरू
    93%

    1¶ बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।

    2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।

  • निर्ग 25:23-24
    2 पदहरू
    86%

    23तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।

    24तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।

  • उत्प 6:14-16
    3 पदहरू
    85%

    14तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू ।

    15तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।

    16जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।

  • 10बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।

  • निर्ग 26:15-16
    2 पदहरू
    83%

    15पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।

    16हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।

  • निर्ग 36:20-22
    3 पदहरू
    81%

    20बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।

    21हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।

    22फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।

  • निर्ग 25:13-17
    5 पदहरू
    81%

    13तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।

    14सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।

    15डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।

    16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।

    17तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।

  • निर्ग 37:4-6
    3 पदहरू
    79%

    4तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।

    5तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।

    6तिनले निखुर सुनबाट प्रायश्‍चित्तको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।

  • निर्ग 30:1-2
    2 पदहरू
    78%

    1¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।

    2यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।

  • 1¶ तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।

  • 25बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए ।

  • 11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।

  • 9मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।

  • 8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।

  • निर्ग 30:4-5
    2 पदहरू
    76%

    4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।

    5डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।

  • 1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।

  • 26तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,

  • १ राजा 6:23-26
    4 पदहरू
    73%

    23सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए । प्रत्येकको उचाइ दस हात थियो ।

    24पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो ।

    25दोस्रो करूबको नाप पनि दसै हात थियो । दुवै करूबको कद र आकार उही थिए ।

    26एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो ।

  • 31बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,

  • 1¶ त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।

  • 2ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।

  • 28टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र

  • 12र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।

  • 14भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।

  • 3त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।

  • 32सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।

  • 35गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।

  • 20भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके ।

  • 28तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।