व्यवस्थाविवरण 10:1

अनलक शाब्दिक बाइबल

¶ त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 34:1-2 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु । 2 बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।
  • निर्ग 34:4 : 4 त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा
  • व्यव 10:3-4 : 3 त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ । 4 पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।
  • इब्रा 9:4 : 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
  • निर्ग 25:10-15 : 10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् । 11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू । 12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू । 13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू । 14 सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू । 15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 10:2-5
    4 पदहरू
    91%

    2तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।'

    3त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।

    4पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।

    5म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”

  • निर्ग 34:1-2
    2 पदहरू
    87%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु ।

    2बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।

  • व्यव 9:9-12
    4 पदहरू
    83%

    9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।

    10परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।

    11ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।

    12परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'

  • 4त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा

  • 12परमप्रभुले मोशालाई भन्‍नुभयो, “माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।”

  • व्यव 9:15-17
    3 पदहरू
    78%

    15त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।

    16मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।

    17मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।

  • निर्ग 32:15-16
    2 पदहरू
    78%

    15तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।

    16ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।

  • 10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।

  • 9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।

  • व्यव 4:13-14
    2 पदहरू
    77%

    13उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।

    14तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।

  • 18सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।

  • निर्ग 34:27-28
    2 पदहरू
    75%

    27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”

    28मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।

  • व्यव 10:10-11
    2 पदहरू
    74%

    10पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।

    11परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'

  • 22परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो ।

  • 10तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।

  • 1¶ बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।

  • 16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।

  • 8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।

  • निर्ग 25:22-23
    2 पदहरू
    72%

    22यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।

    23तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।

  • 10बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 2परमप्रभुले मलाई यसो भन्‍नुभयो, '

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 17परमप्रभुले मलाई यसो भन्‍नुभयो,

  • 4तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।

  • 30तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।

  • 11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”

  • 1¶ परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः

  • 21मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”

  • 40तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।

  • 3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः