व्यवस्थाविवरण 10:2

अनलक शाब्दिक बाइबल

तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:16-22 : 16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू । 17 तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् । 18 तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू । 19 प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् । 20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् । 21 तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू । 22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
  • निर्ग 40:20 : 20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
  • व्यव 4:13 : 13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।
  • व्यव 10:5 : 5 म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”
  • १ राजा 8:9 : 9 इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।
  • इब्रा 9:4 : 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।

  • व्यव 10:3-5
    3 पदहरू
    89%

    3त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।

    4पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।

    5म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”

  • निर्ग 34:1-2
    2 पदहरू
    87%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु ।

    2बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।

  • व्यव 9:9-12
    4 पदहरू
    82%

    9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।

    10परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।

    11ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।

    12परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'

  • निर्ग 32:15-16
    2 पदहरू
    79%

    15तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।

    16ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।

  • व्यव 9:15-17
    3 पदहरू
    79%

    15त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।

    16मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।

    17मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।

  • 13उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।

  • 4त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा

  • 10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।

  • 9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।

  • निर्ग 34:27-28
    2 पदहरू
    76%

    27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”

    28मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।

  • 18सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।

  • 12परमप्रभुले मोशालाई भन्‍नुभयो, “माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।”

  • 16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।

  • 22परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो ।

  • 8तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नू ।

  • 32त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।

  • व्यव 31:25-26
    2 पदहरू
    72%

    25परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,

    26“व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् ।

  • 11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”

  • निर्ग 25:21-22
    2 पदहरू
    71%

    21तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू ।

    22यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।

  • 10पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।

  • 6तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ ।

  • 2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

  • 19जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।

  • 21मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”

  • 10तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।

  • 4तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।

  • 14सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।

  • 20तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले

  • 9तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू ।

  • 34प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।

  • 30तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।

  • 4तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।

  • 8अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।