यहेज्केल 44:11

अनलक शाब्दिक बाइबल

तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्‍दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् र तिनीहरूको सेवा गर्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 16:9 : 9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो?
  • २ इति 29:34 : 34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।
  • २ इति 30:17 : 17 किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्‍ने आआफ्‍नो थुमा अर्पण नगरेकाहरू सबैका निम्‍ति लेवीहरूले निस्‍तार-चाडका थुमाहरू मारे ।
  • गिन 18:6 : 6 हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
  • १ इति 26:1-9 : 1 ¶ द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए । 2 मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल, 3 ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए । 4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल, 5 अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो । 6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए । 7 शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए । 8 यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए । 9 मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए । 10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए), 11 माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए । 12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो । 13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले । 14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो । 15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो । 16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो । 17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे । 18 पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो । 19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।
  • यहे 40:45 : 45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।
  • यहे 44:14 : 14 तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।
  • गिन 3:5-9 : 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, 6 “लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् । 7 तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ । 8 तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ । 9 तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् । 10 तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।” 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, 12 “हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु । मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु । लेवीहरू मेरा हुन् । 13 पहिले जन्मेका सबै मेरा हुन् । मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ । तिनीहरू मेरा हुन् । म परमप्रभु हुँ ।” 14 परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो, 15 “लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर् । एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर् । 16 मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे । 17 लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए । 18 गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए । 19 कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए । 20 मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् । 21 लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् । 22 एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए । 23 गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू । 24 लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । 25 गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ । तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ । 26 तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ । तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ । 27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् । 28 परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए । 29 कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू । 30 उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ । 31 तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ । 32 पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ । 33 मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् । 34 एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए । 35 अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ । 36 मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै 37 चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ ।
  • २ इति 35:10-11 : 10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए । 11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 44:12-17
    6 पदहरू
    86%

    12तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    13तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्‍नेछन् ।

    14तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।

    15अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    16तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् ।

    17यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्‍दिरभित्र आउन तिनीहरूले ऊनको वस्‍त्र लगाउनुहुँदैन ।

  • 10तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्‍किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।

  • 27अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 11सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।

  • यहे 44:7-8
    2 पदहरू
    74%

    7तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।

    8मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।

  • 46उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”

  • 32तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।

  • 7परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् ।

  • 11हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।

  • 19सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 19जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्‍त्र खोल्‍नुपर्छ । तिनीहरूले ती खोल्‍नैपर्छ र ती पवित्र कोठामा राक्‍नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।

  • यहे 44:23-24
    2 पदहरू
    73%

    23किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।

    24कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।

  • 28तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।

  • 26तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”

  • गिन 3:6-8
    3 पदहरू
    73%

    6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

    7तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ ।

    8तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ ।

  • यहे 42:13-14
    2 पदहरू
    73%

    13तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।

    14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”

  • 24ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”

  • 18न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'”

  • 6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।

  • 15त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।

  • 4योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।

  • गिन 18:5-7
    3 पदहरू
    72%

    5पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।

    6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

    7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”

  • 29तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।

  • 21यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्‍नेछु, परमप्रभु भन्‍नुहुन्छ ।

  • 13यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।

  • 8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,

  • 50बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।

  • 31तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ ।

  • 11ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”

  • 4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

  • 26तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • 13तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।

  • 3तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

  • 20तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”

  • 34तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।

  • 10तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।

  • 11यसकारण, इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ न त आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन्‌ । तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”