यहेज्केल 46:20

अनलक शाब्दिक बाइबल

तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 35:13 : 13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए ।
  • यहे 44:19 : 19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्‍त्र खोल्‍नुपर्छ । तिनीहरूले ती खोल्‍नैपर्छ र ती पवित्र कोठामा राक्‍नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।
  • यहे 44:29 : 29 तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।
  • लैव्य 2:4-7 : 4 चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् । 5 यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् । 6 त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो । 7 यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
  • लैव्य 7:1-9 : 1 ¶ दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो । 2 दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् । 3 त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो, 4 दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू । 5 पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो । 6 पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो । 7 पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन् । 8 अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ । 9 चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ । 10 सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ । 11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ । 12 यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् । 13 साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् । 14 परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ । 15 धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् । 16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ । 17 तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् । 18 यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ । 19 कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् । 20 तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । 21 यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’” 22 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो, 23 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू । 24 बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्‍चय नै त्यो नखानू । 25 परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् । 26 तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू । 27 जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ’ ।” 28 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 29 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् । 30 आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् । 31 पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ । 32 तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू । 33 हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् । 34 किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ । 35 पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो । 36 परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ । 37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्, 38 जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”
  • १ शमू 2:13-15 : 13 मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो । 14 उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे । 15 अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 46:23-24
    2 पदहरू
    84%

    23ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए ।

    24ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”

  • यहे 42:13-14
    2 पदहरू
    82%

    13तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।

    14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”

  • 19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

  • लैव्य 6:23-26
    4 पदहरू
    79%

    23पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”

    24परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,

    25“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।

    26पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ ।

  • 21तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।

  • 16पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।

  • लैव्य 2:7-9
    3 पदहरू
    78%

    7यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।

    8यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।

    9त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।

  • 9चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।

  • 30तर पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्यो जलाइनुपर्छ ।

  • 21त्यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्यो भिजेपछि भित्र ल्याउनू । त्यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् ।

  • लैव्य 7:5-6
    2 पदहरू
    76%

    5पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।

    6पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।

  • 21अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।

  • 13उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो ।

  • लैव्य 14:19-20
    2 पदहरू
    75%

    19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।

    20त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।

  • 39हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।

  • 17त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।

  • 2दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् ।

  • 31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

  • 25त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।

  • लैव्य 10:17-18
    2 पदहरू
    75%

    17“तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?

    18हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्‍चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”

  • 21त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।

  • 15अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”

  • 37होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,

  • 24ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।

  • 10मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।

  • 11त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।

  • 16नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

  • 14तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।

  • 10तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।

  • 27अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 12त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।

  • 13तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।

  • 5इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।

  • 12र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।

  • 8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,

  • 14अन्‍नबलिको विधि यस्तो रहेको छ । परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्यो अर्पण गरून् ।

  • 27पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।

  • 16परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।

  • 9तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।

  • 28जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ, तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए । अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले र आफ्‍ना अर्घ-बलि चढाए ।