यहेज्केल 48:33
दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
30सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,
31इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।
32पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ।
34पश्चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्तालीको लागि हुनेछ ।
35सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”
15बाँकी जग्गामा, पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ ।
16सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्चिमतिर ४,५०० हात लामो हुनेछ ।
17सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्चिमतिर २५० हात हुनेछ ।
24बेन्यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, शिमियोनले एक भाग पाउनेछ ।
25शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, इस्साखारले एक भाग पाउनेछ ।
26इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।
27जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।
28गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।
15ती मानिसले भित्री मन्दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
16तिनले पूर्वी भागलाई एउटा नाप्ने लौरोले नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
17तिनले उत्तरी भागलाई नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
18तिनले दक्षिणी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
19तिनी फर्केर पश्चिमी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
27दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।
28अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।
6त्यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।
7रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।
8तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।
9तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।
10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।
11त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो ।
12ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।
13तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो ।
23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।
24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।
13पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्चिममा तिनवटा ढोका थिए ।
48अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।
18पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
19अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
35त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।
19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।
20त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।
21त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो ।
7रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।
8तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्यो पूर्वदेखि पश्चिमसम्म जान्छ । त्यो पच्चीस हजार हात चौडा हुनेछ । त्यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्दिरचाहिं त्यसको बिचमा हुनेछ ।
32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।
13तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।
14प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
13चोकको पूर्वपट्टि पचास हात होस् ।
14प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।
10पवित्र रूपमा अलग यो जमिनको काम यस्तो हुनेछ: पुजारीहरूका लागि उत्तर भागमा पच्चीस हजार हात लामो, पश्चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्चीस हजार हात लामो जमिन हुनेछ । त्यसको बिचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ ।
3तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।
24ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।
3तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
12दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।