गिन्ती 34:3

अनलक शाब्दिक बाइबल

तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 14:3 : 3 यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।
  • यहे 47:13 : 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
  • यहे 47:18-23 : 18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ । 19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ । 20 अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ । 21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ । 22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ । 23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • निर्ग 23:31 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
  • यहो 3:16 : 16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
  • यहो 15:1-9 : 1 ¶ यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो । 2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ । 3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो । 4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो । 5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो । 6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो । 7 त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो । 8 अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ । 9 त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो । 10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो । 11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो । 12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
  • यहे 47:8 : 8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 34:4-12
    9 पदहरू
    87%

    4तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।

    5त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ ।

    6पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ ।

    7तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,

    8त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ ।

    9अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।

    10तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।

    11पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।

    12यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।

  • यहो 15:1-5
    5 पदहरू
    84%

    1¶ यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।

    2दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।

    3तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।

    4यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।

    5पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।

  • यहे 47:17-20
    4 पदहरू
    82%

    17यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।

    18पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।

    19अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।

    20अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ ।

  • व्यव 34:2-3
    2 पदहरू
    78%

    2र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,

    3र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।

  • 2“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,

  • 3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

  • 4दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;

  • 17यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।

  • यहे 48:26-28
    3 पदहरू
    75%

    26इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, जबूलूनले एक भाग पाउनेछ ।

    27जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्‍चिमसम्म, एक भाग गादको जमिन हुनेछ ।

    28गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।

  • 34सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।

  • यहो 18:18-19
    2 पदहरू
    75%

    18यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।

    19सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।

  • 4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।

  • 15महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।

  • यहो 18:14-15
    2 पदहरू
    74%

    14त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो ।

    15दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो ।

  • यहो 15:10-12
    3 पदहरू
    73%

    10सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।

    11सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।

    12पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।

  • गिन 33:36-37
    2 पदहरू
    71%

    36तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।

    37तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।

  • 10दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो ।

  • 31नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।

  • 27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • 40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'

  • 33दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।

  • 10कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।

  • 7रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्‍चिमसम्म, यहूदाले एक भाग पाउनेछ ।

  • 24तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।

  • 4मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।

  • 18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

  • 7आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।