यहोशू 1:4

अनलक शाब्दिक बाइबल

त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 23:31 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
  • गिन 34:2-9 : 2 “इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ, 3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ । 4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ । 5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ । 6 पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ । 7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ, 8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ । 9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ । 10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ । 11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ । 12 यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ । 13 मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ । 14 रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् । 15 अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् । 16 परमप्रभु मोशासँग बोल्नुभयो, 17 “तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू । 18 तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ
  • व्यव 1:7 : 7 आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।
  • व्यव 3:25 : 25 म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।'
  • व्यव 11:24 : 24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।
  • उत्प 15:18-21 : 18 त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ- 19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू, 20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू, 21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
  • १ इति 5:9 : 9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
  • १ इति 18:3 : 3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 11:23-25
    3 पदहरू
    89%

    23परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।

    24तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।

    25कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।

  • 3मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।

  • व्यव 1:7-8
    2 पदहरू
    82%

    7आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।

    8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'

  • 31नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।

  • व्यव 34:2-3
    2 पदहरू
    81%

    2र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,

    3र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।

  • गिन 34:10-12
    3 पदहरू
    81%

    10तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।

    11पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।

    12यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।

  • गिन 34:2-7
    6 पदहरू
    79%

    2“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,

    3तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।

    4तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।

    5त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ ।

    6पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ ।

    7तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,

  • 4हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।

  • 17यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।

  • 18त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-

  • यहे 47:18-21
    4 पदहरू
    78%

    18पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।

    19अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।

    20अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ ।

    21यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।

  • यहो 13:4-5
    2 पदहरू
    78%

    4दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;

    5गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म ।

  • 15महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।

  • 15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • यहो 15:4-5
    2 पदहरू
    77%

    4यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।

    5पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ ।

  • 8परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने

  • यहो 1:5-6
    2 पदहरू
    75%

    5तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु । म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ ।

    6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।

  • 22तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।

  • 3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

  • 3उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।

  • 34सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।

  • 27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • 38उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।

  • 9र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।

  • 28गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ ।

  • 1¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।

  • 21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।'

  • 49र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • 12पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।