एज्रा 4:6

अनलक शाब्दिक बाइबल

तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 1:1 : 1 ¶ अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।
  • दानी 9:1 : 1 ¶ दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो ।
  • मत्त 27:37 : 37 उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”
  • प्रेरि 24:5-9 : 5 किनभने हामीले यस मानिसलाई दु:ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले उसलाई हामीले पक्र्यौँ । 7 तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे । 8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ । 9 यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
  • प्रेरि 24:13 : 13 र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
  • प्रेरि 25:7 : 7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर अभियोगहरू ल्याए ।
  • प्रका 12:10 : 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एज्रा 4:7-12
    6 पदहरू
    80%

    7अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।

    8सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।

    9रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,

    10र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।

    11तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:

    12हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।

  • एस्थ 1:1-2
    2 पदहरू
    77%

    1¶ अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।

    2ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।

  • एज्रा 4:4-5
    2 पदहरू
    77%

    4त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।

    5यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।

  • एज्रा 4:15-19
    5 पदहरू
    75%

    15जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो ।

    16यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”

    17त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् ।

    18तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो ।

    19त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।

  • 13यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।

  • 12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।

  • एस्थ 6:1-2
    2 पदहरू
    73%

    1¶ त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।

    2प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।

  • 1¶ यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।

  • नहे 6:6-7
    2 पदहरू
    73%

    6त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।

    7यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”

  • एस्थ 9:29-30
    2 पदहरू
    73%

    29अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे ।

    30यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए ।

  • 8यति बेला केही कल्‍दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।

  • एस्थ 9:1-2
    2 पदहरू
    73%

    1¶ बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।

    2यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो ।

  • 6यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो ।

  • एज्रा 6:1-2
    2 पदहरू
    73%

    1¶ त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।

    2मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः

  • 23जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए ।

  • 20मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,

  • 26त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,

  • 1¶ तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।

  • एस्थ 8:8-10
    3 पदहरू
    71%

    8राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।”

    9तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।

    10मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए । राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए ।

  • 23त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।

  • 8कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।

  • एस्थ 3:6-7
    2 पदहरू
    71%

    6मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।

    7राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।

  • 14हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।

  • 7तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।

  • 17यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए ।

  • 8यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।

  • 14तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।

  • 21ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।

  • 14यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए ।

  • 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।