नहेम्याह 4:7

अनलक शाब्दिक बाइबल

तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 4:1 : 1 ¶ हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे ।
  • नहे 2:10 : 10 कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए ।
  • आमो 1:13 : 13 परमप्रभु यसो भन्‍नुहुन्छ, “अम्‍मोनका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्‍त्रीहरूका पेट चिरे ।
  • प्रेरि 4:17-18 : 17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।” 18 तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
  • प्रका 12:17 : 17 त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
  • प्रेरि 5:33 : 33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।
  • प्रका 12:12-13 : 12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ । 13 आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो, तब त्यसले बालक जन्माउने स्‍त्रीलाई सतायो ।
  • आमो 3:9 : 9 अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।
  • जक 9:5-6 : 5 अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन! 6 अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।
  • नहे 2:19 : 19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ?”
  • नहे 13:23-24 : 23 ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ । 24 तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे ।
  • यिर्मि 25:20 : 20 विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा,
  • यहे 25:3-7 : 3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वरको वचन सुन । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्‍यौ, 4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन्‌ । उनीहरूले तिमीहरूका फल खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌ । 5 म रब्‍बालाई ऊँटहरू चर्ने खर्क र अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ । 6 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ । 7 यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।
  • आमो 1:8 : 8 अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
  • उत्प 3:15 : 15 तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
  • न्या 10:7-9 : 7 इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो । 8 तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्‍याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्‍याचार गरे । 9 त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए । 10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।” 11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू, 12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ । 13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन । 14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।” 15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।” 16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन । 17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले । 18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ ।”
  • न्या 11:12-40 : 12 अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?” 13 अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।” 14 फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए, 15 र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन, 16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए । 17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे । 18 त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो । 19 इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’ 20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे । 21 तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे । 22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे । 23 यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ? 24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको छ, त्‍यो हामी अधिकार गर्छौं । 25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे? 26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन? 27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।” 28 तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे । 29 तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे । 30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने, 31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।” 32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो । 33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे । 34 यिप्‍ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन । 35 तिनले उनलाई देख्‍नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।” 36 उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।” 37 उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।” 38 तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे । 39 दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो, 40 कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्‍ताकी छोरीको कथालाई दोहोर्‍याउने गर्थे ।
  • १ शमू 5:1-2 : 1 ¶ यति बेला पलिश्‍तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्‍यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए । 2 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक लगे, दागोनको मन्‍दिरमा त्‍यो ल्याए र दागोनको नजिकै राखे ।
  • १ शमू 11:2 : 2 अम्मोनी नाहाशले जवाफ दिए, “तिमीहरूसँग म यस शर्तमा सम्झौता गर्नेछु, कि म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु, र यसरी सारा इस्राएलमाथि म अपमान ल्याउनेछु ।”
  • २ शमू 10:1-5 : 1 ¶ पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए । 2 दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्‍ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्‍मोनको मानिसहरूको देशमा पसे । 3 तर अम्‍मोनका मानिसहरूका अगुवाहरूलले आफ्‍ना मालिक हानूनलाई भने, “के साँच्‍चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्‍चै विचार गर्नुहुन्‍छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?” 4 त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए । 5 जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्‍यसपचि फर्क ।”
  • २ राजा 24:2 : 2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो ।
  • २ इति 20:1 : 1 ¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
  • २ इति 26:6-8 : 6 उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए । 7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो । 8 अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे, र तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
  • एज्रा 4:4-9 : 4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए । 5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे । 6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे । 7 अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो । 8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे । 9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे, 10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले । 11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्: 12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् । 13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् । 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं, 15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो । 16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”
  • एज्रा 5:8 : 8 हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 4:1-6
    6 पदहरू
    87%

    1¶ हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे ।

    2तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्?

    3तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”

    4हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् ।

    5तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्‍नुहोस्, र तिनीहरूको पाप नमेटिदिनुहोस्, किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन् ।

    6यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।

  • नहे 4:8-13
    6 पदहरू
    85%

    8तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए ।

    9तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ ।

    10तब यहूदाका मानिसहरूले भने, “भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”

    11हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”

    12त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।

    13त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । मैले हरेक परिवारलाई आ-आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍न लगाएँ ।

  • नहे 6:1-2
    2 पदहरू
    84%

    1¶ मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।

    2सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।

  • 10कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए ।

  • नहे 2:16-20
    5 पदहरू
    80%

    16म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।

    17मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

    18मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।

    19तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ?”

    20तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”

  • नहे 4:15-19
    5 पदहरू
    80%

    15जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं ।

    16त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे ।

    17पर्खालको निर्माण गरिरहेका र भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे । हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो ।

    18हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो । तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो ।

    19मैले अगुवाहरू, अधिकारीहरू र बाँकी मानिसहरूलाई भने, “काम विशाल र बृहत् छ, अनि हामी पर्खालमा एक-अर्कादेखि छुट्टिएका छौँ ।

  • एज्रा 4:12-13
    2 पदहरू
    79%

    12हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।

    13यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् ।

  • 1¶ यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।

  • नहे 6:14-16
    3 पदहरू
    78%

    14हे मेरा परमेश्‍वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।

    15यसरी बाउन्‍न दिनपछि एलूल महिनाको पच्‍चिसौँ दिनमा पर्खालको काम समाप्‍त भयो ।

    16जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।

  • 4त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।

  • 6त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।

  • एज्रा 5:3-4
    2 पदहरू
    76%

    3तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो?”

    4तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन्?”

  • नहे 1:3-4
    2 पदहरू
    75%

    3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

    4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

  • 23जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए ।

  • 1¶ पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,

  • एज्रा 5:8-9
    2 पदहरू
    73%

    8हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।

    9हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो?'

  • 8सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।

  • 18तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।

  • 7र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ ।

  • एज्रा 4:15-16
    2 पदहरू
    71%

    15जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो ।

    16यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”

  • 4अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।

  • 38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,

  • 15सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।

  • 1¶ तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।