एज्रा 9:4
साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्वासयोग्य कामको बारेमा इस्राएलका परमेश्वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्वासयोग्य कामको बारेमा इस्राएलका परमेश्वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5तर साँझको बलिदानको समयमा आफ्नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
6मैले भने, “हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
7हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
3जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें ।
3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”
4मैले यी वचन सुन्ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।
5तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
8अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।
9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्वरको मन्दिरको सामुन्ने चोकमा खडा भए, र वचन र वृष्टिको कारणले थरथर काँपे ।
1¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
2इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्ट कामहरू स्वीकार गरे ।
3तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
1¶ एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।
3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्दै परमप्रभु परमेश्वरको खोजी गर्न मैले आफ्नो अनुहार उहाँतर्फ फर्काएँ ।
4परमप्रभु आफ्नो परमेश्वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्नेलाई प्रेम गर्न तपाईं विश्वासयोग्य हुनुहुन्छ ।
15तब म कबार नहरको नजिक बस्ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्म तिनीहरूसँग आश्चर्यले व्याकुल भएर म बसें ।
15जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।
11त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, “परमेश्वरको मन्दिरलाई किन बेवास्ता गरिएको?” मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ ।
20जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्ना मानिस इस्राएलका पाप स्विकार गरिरहेको थिएँ, र परमेश्वरको पवित्र पर्वत निम्ति परमप्रभु मेरा परमेश्वरको सामु मेरा बिन्तीहरू राख्दै थिएँ—
13मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।
21त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
22बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
6जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्है रिसाएँ ।
7तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,
8जब तिनीहरूले त्यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्वर, यरूशलेममाथि आफ्नो क्रोध खन्याउनुहुँदा इस्राएलका बचेकाहरू जम्मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”
25तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।
9तब मैले तिनका शब्दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।
6तब एज्रा परमप्रभुको मन्दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्वासत्यागको लागि शोक गर्दै थिए ।
28अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्वास्तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।
9भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्वरका मन्दिरका सामानहरू, अन्नबलिहरू र धूप फेरि त्यहाँ राखेँ ।
3राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
1¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।
2त्यसैले राजाले मलाई सोध्नुभयो, “तिम्रो अनुसार किन यति उदास छ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्है डराएँ ।
14त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।
8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
17म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
10म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”
7यसरी जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले गरें । निर्वासनको लागि मैले आफ्ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्वाल पारें । मैले आफ्ना सामानहरू अँध्यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्ना काँधमा बोकें ।
24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
10अब इस्राएलका परमप्रभु परमेश्वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्ड क्रोध हामीहरूबाट हटोस् ।
6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।
15मैले यात्रुहरूलाई अहावातिर बग्ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
22त्यो भगुवा आउनभन्दा अगिल्लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ!
1¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्त्री एज्रालाई भने ।
40यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।
5एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए ।