गलातीहरू 4:24

अनलक शाब्दिक बाइबल

यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 10:11 : 11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
  • उत्प 21:9-9 : 9 मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् । 10 त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।” 11 आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो । 12 तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ । 13 त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
  • हो 11:10 : 10 तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।
  • मत्त 13:35 : 35 योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
  • लू 22:19-20 : 19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
  • रोमी 8:15 : 15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।
  • १ कोरि 10:4 : 4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
  • उत्प 25:12 : 12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।
  • व्यव 33:2 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
  • यहे 20:49 : 49 तब मैले भने, “धिक्‍कार! हे परमप्रभु परमेश्‍वर, तिनीहरूले मलाई यसो भन्‍दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”
  • गलाती 3:15-21 : 15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ । 16 अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ । 17 अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन । 18 किनकि उत्तराधिकार व्‍यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो । 19 त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो । 20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ, तापनि परमेश्‍वर एउटै हुनुहुन्छ । 21 त्यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
  • गलाती 4:25 : 25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
  • गलाती 5:1 : 1 ¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
  • इब्रा 7:22 : 22 जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ ।
  • इब्रा 8:6-9 : 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ । 7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो । 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु । 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्‍नुहुन्‍छ, मैले तिनीहरूको बेवास्‍ता गरे । 10 परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् । 11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्,र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् । 12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।” 13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्‍ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।
  • इब्रा 9:15-24 : 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् । 16 किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन । 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के । 20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।” 21 यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के । 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो । 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।
  • इब्रा 10:15-18 : 15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो, 16 “मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।” 17 म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।
  • इब्रा 11:19 : 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
  • इब्रा 12:24 : 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
  • इब्रा 13:20 : 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
  • उत्प 16:3-4 : 3 अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् । 4 त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।
  • उत्प 16:8 : 8 तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
  • उत्प 16:15-16 : 15 हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे । 16 हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गलाती 4:25-31
    7 पदहरू
    89%

    25अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।

    26तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।

    27किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”

    28भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।

    29त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।

    30धर्मशास्‍त्रले के भन्दछ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”

    31त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।

  • गलाती 4:21-23
    3 पदहरू
    82%

    21तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ?

    22किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट ।

    23तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।

  • गलाती 4:1-3
    3 पदहरू
    72%

    1¶ मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।

    2बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।

    3यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।

  • उत्प 21:9-14
    6 पदहरू
    71%

    9मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।

    10त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।”

    11आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।

    12तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।

    13त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”

    14अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।

  • 12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।

  • उत्प 16:1-4
    4 पदहरू
    69%

    1¶ अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।

    2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।

    3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।

    4त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।

  • 8तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”

  • 15भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।

  • रोमी 9:8-9
    2 पदहरू
    66%

    8अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्‍वरका सन्तानहरू होइनन् । तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन् ।

    9किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”

  • 9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?

  • 24तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।

  • 1¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

  • 6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

  • 36मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।

  • 6तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।

  • उत्प 16:15-16
    2 पदहरू
    65%

    15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।

    16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

  • 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

  • 21तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”

  • 17अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।

  • 7त्यसो भए, यसै गरी यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।

  • 5हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।