गलातीहरू 4:25

अनलक शाब्दिक बाइबल

अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 33:2 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
  • न्या 5:5 : 5 परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए । इस्राएलका परमप्रभु परमेश्‍वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्‍यो ।
  • भजन 68:8 : 8 तब पृथ्वी काम्यो । परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्यायो ।
  • भजन 68:17 : 17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
  • मत्त 23:37 : 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।
  • लू 13:34 : 34 त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।
  • लू 19:44 : 44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।
  • प्रेरि 1:11 : 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
  • गलाती 1:17 : 17 र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
  • इब्रा 12:18 : 18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गलाती 4:21-24
    4 पदहरू
    89%

    21तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ?

    22किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट ।

    23तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।

    24यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।

  • गलाती 4:26-31
    6 पदहरू
    84%

    26तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।

    27किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”

    28भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।

    29त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।

    30धर्मशास्‍त्रले के भन्दछ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”

    31त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।

  • उत्प 21:9-10
    2 पदहरू
    72%

    9मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।

    10त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।”

  • गलाती 4:1-3
    3 पदहरू
    71%

    1¶ मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।

    2बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।

    3यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।

  • 12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।

  • उत्प 16:1-4
    4 पदहरू
    69%

    1¶ अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।

    2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।

    3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।

    4त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।

  • उत्प 16:8-9
    2 पदहरू
    69%

    8तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”

    9परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्‍नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”

  • 1¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

  • उत्प 21:12-14
    3 पदहरू
    67%

    12तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।

    13त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”

    14अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।

  • 20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”

  • 6तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।

  • उत्प 16:15-16
    2 पदहरू
    66%

    15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।

    16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

  • रोमी 9:8-9
    2 पदहरू
    65%

    8अर्थात् शरीरबाट जन्मेका सन्तानहरू परमेश्‍वरका सन्तानहरू होइनन् । तर प्रतिज्ञाका सन्तानहरू नै सन्तानहरूका रूपमा गनिन्छन् ।

    9किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”

  • 45तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।

  • 13त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् ।

  • 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

  • 9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?

  • 36यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।

  • 6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

  • 7त्यसो भए, यसै गरी यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।

  • 10सियोनकी छोरी, प्रसववेदनाकी स्‍त्रीझैँ बच्‍चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्‍नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।

  • 7यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ ।