यूहन्ना 4:20

अनलक शाब्दिक बाइबल

हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 27:12 : 12 “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।
  • उत्प 12:6-7 : 6 अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे । 7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
  • व्यव 11:29 : 29 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।
  • व्यव 12:5-9 : 5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ । 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ । 7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ । 8 आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यसले त्यही गरिरहेको छ । 9 किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ । 10 तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक । 11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ ।
  • उत्प 33:18-20 : 18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे । 19 त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे । 20 त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।
  • यहो 8:33-35 : 33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए । 34 त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो । 35 इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।
  • न्या 9:6-7 : 6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए । 7 जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् ।
  • १ राजा 9:3 : 3 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।
  • २ राजा 17:26-33 : 26 त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् । त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन् ।” 27 तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।” 28 त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए । 29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे । 30 बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए, 31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए । 32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए । 33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे ।
  • १ इति 21:26 : 26 दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
  • १ इति 22:1 : 1 ¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”
  • २ इति 6:6 : 6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
  • २ इति 7:12 : 12 परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।
  • २ इति 7:16 : 16 किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ ।
  • भजन 78:68 : 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।
  • भजन 87:1-2 : 1 ¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ । 2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
  • भजन 132:13 : 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।
  • लू 9:53 : 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 4:21-25
    5 पदहरू
    89%

    21येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।

    22तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।

    23तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।

    24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”

    25स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”

  • 19स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु ।

  • यूह 4:7-13
    7 पदहरू
    69%

    7एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”

    8किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।

    9त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।

    10येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”

    11स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त?

    12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”

    13येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,

  • यूह 4:4-5
    2 पदहरू
    68%

    4तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।

    5त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

  • 35न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;

  • 36यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”

  • यूह 4:15-17
    3 पदहरू
    67%

    15स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”

    16येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।”

    17स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।

  • गलाती 4:25-26
    2 पदहरू
    67%

    25अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।

    26तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।

  • 39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।

  • 42तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”

  • यूह 2:18-21
    4 पदहरू
    67%

    18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?”

    19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”

    20तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?”

    21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

  • 22तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?

  • यूह 6:30-32
    3 पदहरू
    67%

    30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?

    31हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”

    32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।

  • 6तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।

  • यूह 8:19-20
    2 पदहरू
    67%

    19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”

    20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।

  • 28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”

  • 2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।

  • 17यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्?

  • यूह 8:38-39
    2 पदहरू
    66%

    38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”

    39तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।

  • 41तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”

  • 5तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।

  • 30तिनीहरू सहरबाट उहाँकहाँ आए ।

  • यूह 4:27-28
    2 पदहरू
    66%

    27त्‍यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले पनि भनेन ।

    28त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,

  • 1¶ यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।

  • 9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”

  • 20अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?