उत्पत्ति 12:5

अनलक शाब्दिक बाइबल

अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 14:14 : 14 जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
  • उत्प 11:31 : 31 तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।
  • उत्प 10:19 : 19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
  • उत्प 14:21 : 21 सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।
  • उत्प 46:5-9 : 5 त्‍यसपछि याकूब बेर्शेबाबाट हिँडे । इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब, आफ्‍ना बालबच्‍चा र आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाडाहरूमा चढाएर लगे । 6 तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए । 7 याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे । 8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात्‌ याकूब र तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन । 9 रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी; 10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल; 11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी । 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए । 13 इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए । 14 जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए । 15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए । 16 गादका छोराहरू सेफोन, हाग्‍यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए । 17 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए । 18 लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् । 19 याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए । 20 ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए । 21 बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए । 22 राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्‍मा चौध जना थिए । 23 दानका छोरा हुशीम थिए । 24 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए । 25 लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए । 26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए ।
  • प्रेरि 7:4 : 4 त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ ।
  • इब्रा 11:8-9 : 8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए । 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 31तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।

  • उत्प 14:11-14
    4 पदहरू
    83%

    11यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।

    12

    13उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।

    14जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।

  • 4यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।

  • उत्प 13:1-2
    2 पदहरू
    81%

    1¶ अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए ।

    2अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए ।

  • उत्प 13:5-8
    4 पदहरू
    79%

    5अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।

    6तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्‍न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्‍न सकेनन् ।

    7अब्राम र लोतका गाईवस्‍तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्‍जीहरू बस्दथे ।

    8यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।

  • 6अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।

  • 1¶ परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।

  • उत्प 12:9-11
    3 पदहरू
    74%

    9अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए ।

    10त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्‍नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।

    11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।

  • 12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे ।

  • 18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

  • 29अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए । अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।

  • 6तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए ।

  • 14मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।

  • 27तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।

  • उत्प 12:19-20
    2 पदहरू
    72%

    19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।

    20अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।

  • 16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।

  • उत्प 16:2-3
    2 पदहरू
    72%

    2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।

    3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।

  • 5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”

  • 6एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।