उत्पत्ति 11:31
तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।
तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4यसैले परमप्रभुले भन्नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।
5अब्रामले तिनकी पत्नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्मा गरेका सम्पत्ति र प्राप्त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
6अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।
24नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने ।
25तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
26तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।
27तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।
28हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।
29अब्राम र नाहोरले विवाह गरे र पत्नि ल्याए । अब्रामकी पत्निको नाउँ साराई थियो र नाहोरकी पत्निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।
30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् ।
32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।
1¶ अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए ।
1¶ परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।
3उहाँले तिनलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।”
4त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्नुहुन्छ ।
12
5अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।
26सरूग, नाहोर, तेरह,
1¶ अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्नी हुनलाई दिइन् ।
1¶ अब अब्रामकी पत्नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।