उत्पत्ति 16:3

अनलक शाब्दिक बाइबल

अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 12:4-5 : 4 यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए । 5 अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
  • उत्प 16:5 : 5 त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ । परमेश्‍वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
  • उत्प 25:6 : 6 तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।
  • उत्प 28:9 : 9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए ।
  • उत्प 30:4 : 4 त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।
  • उत्प 30:9 : 9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।
  • उत्प 32:22 : 22 रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
  • उत्प 35:22 : 22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।
  • न्या 19:1-4 : 1 ¶ ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए । 2 तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी । 3 त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए । 4 तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।
  • २ शमू 5:13 : 13 दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
  • १ राजा 11:3 : 3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।
  • गलाती 4:25 : 25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 16:1-2
    2 पदहरू
    90%

    1¶ अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।

    2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।

  • उत्प 16:4-9
    6 पदहरू
    83%

    4त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।

    5त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ । परमेश्‍वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”

    6तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।

    7परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।

    8तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”

    9परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्‍नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”

  • उत्प 16:15-16
    2 पदहरू
    77%

    15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।

    16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

  • 12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।

  • उत्प 12:16-20
    5 पदहरू
    74%

    16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।

    17अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।

    18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?

    19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।

    20अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।

  • 2अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।

  • उत्प 11:29-31
    3 पदहरू
    73%

    29अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए । अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।

    30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन् ।

    31तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।

  • 21ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।

  • 15पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।

  • 11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।

  • 36मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।

  • उत्प 21:9-10
    2 पदहरू
    72%

    9मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।

    10त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।”

  • 14मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।

  • 5अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।

  • 14अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।