उत्पत्ति 16:4
त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्नीलाई अपमानको दृष्टिले हेर्न थाली ।
त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्नीलाई अपमानको दृष्टिले हेर्न थाली ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्टिमा म तुच्छ भएँ । परमेश्वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
6तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।
7परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।
8तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्नी साराईदेखि भाग्दै छु।”
9परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”
10त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने, “म तेरा सन्तानहरूलाई औधी बढाउनेछु, कि तिनीहरू गन्न नै नसकिने गरी धेरै हुनेछन् ।”
11परमेश्वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्माएल राख्नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्गली गधाझैँ हुनेछ ।
1¶ अब अब्रामकी पत्नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्नी हुनलाई दिइन् ।
15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।
16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।
9मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।
10त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्नेछैन ।”
16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।
17अनि परमप्रभुले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।
12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलका सन्तान यिनै थिए ।
36मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
14मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।
12तर परमप्रभुले अब्राहामलाई भन्नुभयो, “त्यो केटो र तेरी कमारी स्त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
13त्यस कमारी स्त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
14अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
15जब मशकको पानी सक्कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
16त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्त्री छौ भनी म जान्दछु ।
22किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्त्रीबाट र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट ।
19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्नो बाटो लाग ।
31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् ।
24यी कुराहरूलाई एउटा रूपक दृष्टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
3अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
17तिनले उनलाई यसरी वर्णन गरिन्, “तपाईंले हाम्रो निम्ति ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्न मकहाँ आयो ।