उत्पत्ति 14:7

अनलक शाब्दिक बाइबल

त्यपछि तिनीहरू फर्के

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 20:2 : 2 त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।”
  • उत्प 16:14 : 14 त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
  • उत्प 20:1 : 1 ¶ अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
  • उत्प 36:12 : 12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
  • उत्प 36:16 : 16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
  • निर्ग 17:8-9 : 8 तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे । 9 त्यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।” 10 त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले । 11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे । 12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्‍जेलसम्म मोशाका हात थामिए । 13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे । 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।” 15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे । 16 तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”
  • गिन 13:26 : 26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।
  • गिन 14:43 : 43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
  • गिन 14:45 : 45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।
  • गिन 20:1 : 1 ¶ यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
  • गिन 24:20 : 20 त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।”
  • व्यव 1:19 : 19 हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।
  • व्यव 1:46 : 46 त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ । तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ ।
  • यहो 15:62 : 62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
  • १ शमू 15:1-9 : 1 ¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् । 2 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु । 3 अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्‍त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।” 4 शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्‍या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए । 5 तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे । 6 शाऊलले केनीहरूलाई भने, “जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्‍ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।” त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए । 7 त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे । 8 तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे । 9 तर शाऊल र तिनका मानिसहरूले अगागलाई र राम्रा भेडाहरू, गोरुहरू, मोटा बाछाहरू र थुमाहरूलाई बचाई राखे । हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् । तर घृणित र तुच्‍छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे । 10 परमप्रभुको वचन शमूएलकहाँ यसो आयो, 11 “शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे । 12 शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।” 13 तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।” 14 शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?” 15 शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।” 16 तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।” 17 शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो, 18 र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।' 19 तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?” 20 तब शाऊलले शमूएललाई भने, “मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु । 21 तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्‍वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।” 22 शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो । 23 किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ । 24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें । 25 अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ । 26 शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।” 27 जसै शमूएल जानलाई फर्कंए, शाऊलले तिनको कपडाको छेउ समाते र त्‍यो च्यातियो । 28 शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ । 29 साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्‍नो मन बदल्‍नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्‍न। 30 त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ । 31 त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे । 32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्‍याउनुहोस् ।” अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, “निश्‍चय नै मृत्यु तीक्‍तता टरेको छ ।” 33 शमूएलले जवाफ दिए, “जसरी तेरो तरवारले स्‍त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्‍त्रीहरूका माझमा बालकहीन हुनेछे ।” अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए । 34 शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए । 35 शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।
  • १ शमू 27:1-9 : 1 ¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।” 2 दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए । 3 दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्‍नी यिजरेली अहीनोम र नाबालकी पत्‍नी कार्मेली स्‍त्री अबीगेल गातमा आकीशसँग बसे । 4 दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्‍न छोडे । 5 दाऊदले आकीशलाई भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्‍न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्‍नु?” 6 त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्‍लग दिए । त्यसैले सिक्‍लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ । 7 दाऊद पलिश्‍तीहरूको देशमा पुरा एक वर्ष चार महिनासम्म बसे । 8 दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए । 9 दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे । 10 आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर ।” 11 दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो । 12 आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”
  • १ शमू 30:1-9 : 1 ¶ जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे र त्‍यसलाई आगोले लगाए, 2 र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए । 3 जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो । 4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए । 5 दाऊदका दुवै पत्‍नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्‍नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो । 6 दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए । 7 दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए । 8 दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्‍छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् र तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् ।” 9 त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए । 10 तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् । 11 तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए । 12 र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्‍यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन । 13 दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्‍यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ । 14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।” 15 दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।” 16 जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए । 17 दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् । 18 अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे । अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए । 19 कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए । 20 दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।” 21 दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे । 22 तब दाऊदसँग गएका सबै दुष्‍ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्‍नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।” 23 तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ । 24 तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।” 25 त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए । 26 जब दाऊद सिक्लगमा आए, तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ छ ।” 27 तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू, 28 र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए । 29 तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका, 30 होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका, 31 र हेब्रोनमा भएका र दाऊद आफै र आफ्‍ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 45त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।

  • 43तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌ ।

  • १ शमू 15:7-8
    2 पदहरू
    77%

    7त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।

    8तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।

  • 8तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे ।

  • उत्प 14:5-6
    2 पदहरू
    77%

    5अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,

    6र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।

  • 48तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।

  • २ इति 14:14-15
    2 पदहरू
    74%

    14फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।

    15फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।

  • 18र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'

  • 13अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे ।

  • १ शमू 15:2-3
    2 पदहरू
    73%

    2सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु ।

    3अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्‍त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”

  • 44तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे ।

  • 25(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”

  • 29नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”

  • व्यव 25:17-19
    3 पदहरू
    73%

    17तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्‍नू ।

    18तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्‍वरको आदर गरेनन् ।

    19त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।

  • १ शमू 27:8-9
    2 पदहरू
    72%

    8दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।

    9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • न्या 6:3-4
    2 पदहरू
    72%

    3यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।

    4तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे ।

  • 13एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।

  • 21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।

  • 8त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।

  • 2तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।

  • 5तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।

  • गिन 21:31-32
    2 पदहरू
    71%

    31त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो ।

    32अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए ।

  • २ राजा 3:24-25
    2 पदहरू
    71%

    24जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।

    25तिनीहरूले सहरहरू नष्‍ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे ।

  • 24तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे ।

  • 5तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे ।

  • 46तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।

  • 7तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ ।

  • 15शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”

  • 1¶ जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे र त्‍यसलाई आगोले लगाए,

  • 16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

  • 19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

  • 43त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”

  • 4हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो ।

  • 8मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ ।

  • 18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

  • 41यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे ।

  • 10र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।

  • 11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

  • 42यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।

  • 11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।