उत्पत्ति 17:18

अनलक शाब्दिक बाइबल

अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 4:12 : 12 आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”
  • उत्प 4:14 : 14 वास्तवमा, आज तपाईंले मलाई यस जग्‍गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्‍नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
  • भजन 4:6 : 6 धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।
  • भजन 41:12 : 12 मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।
  • यशा 59:2 : 2 तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
  • यिर्मि 32:39 : 39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् ।
  • प्रेरि 2:39 : 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 17:19-21
    3 पदहरू
    80%

    19परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।

    20इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।

    21तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”

  • 17त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”

  • 12तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।

  • 5आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।

  • 13तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?

  • 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”

  • 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

  • उत्प 21:17-18
    2 पदहरू
    73%

    17परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ ।

    18उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु । ”

  • 18अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।

  • 11परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।

  • 3अब्राम घोप्‍टो परे अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो,

  • 15पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।

  • उत्प 21:2-3
    2 पदहरू
    72%

    2सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।

    3आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।

  • 2अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”

  • 15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।

  • 7तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”

  • 17त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।

  • 23त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।

  • उत्प 17:25-26
    2 पदहरू
    72%

    25तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।

    26अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो ।

  • 12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।