उत्पत्ति 15:2
अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
4हेर्नुहोस्, त्यसपछि यसो भन्ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ ।”
5अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्न सक्छस् भने ।” अनि उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”
1¶ यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
7उहाँले तिनलाई भन्नुभयो, “म परमप्रभु हुँ, जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो ।”
8तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्वर, मैले यो प्राप्त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?”
1¶ अब अब्रामकी पत्नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
36मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
17उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
1¶ परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।
14लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् ।
15तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।
7मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउनेछस् ।
18अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष््मा बाँचिरहे त हुन्छ!”
19परमेश्वरले भन्नुभयो, “होइन, तर तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
34त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
21सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।
22अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्च परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
23मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्न सक्नुहुनेछैन ।
2अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
1¶ अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”
12अनि त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु मेरा मालिकका परमेश्वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस् ।
18त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
19तिनले उनलाई यसो भन्दै आशोष् दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस् ।
13तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?
4“निश्चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्नेछस् ।”
18अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् ।
5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
40तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् ।
16यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
5त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्टिमा म तुच्छ भएँ । परमेश्वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
27त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।