उत्पत्ति 24:34
त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
35परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन् । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
36मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू ।
31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”
32तब त्यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिइयो ।
33तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ ।” तब लाबानले भने, “ल, भन्नुहोस् ।”
12अनि त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु मेरा मालिकका परमेश्वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस् ।
13हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन् ।
14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
66त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
1¶ अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो ।
2अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
4तर तैँले मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनेछस् ।”
5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
6अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू!
7मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउनेछस् ।
42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्दा
44तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्त्री त्यही होस् ।
45“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन् । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’
27त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
28तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन् ।
9त्यसैले त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।
10आफ्ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।
51हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
52तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो ।
24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
48अनि मैले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्याउनुभएको थियो ।
49अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।”
23भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”
24तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ ।”
29याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्नुहुन्छ ।
54तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्यो रात त्यहीँ बिताए अनि बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस् ।”
24परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ । नडरा, किनभने म तँसँग छु र म तँलाई आशिष् दिनेछु । अनि मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु ।”
5मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् ।
39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?'
40तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् ।
33त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।
24इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस्?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”
59यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए ।
17तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”
2अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।