उत्पत्ति 24:9

अनलक शाब्दिक बाइबल

त्यसैले त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:2 : 2 अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 24:1-8
    8 पदहरू
    92%

    1¶ अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष्‌ दिनुभएको थियो ।

    2अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌

    3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।

    4तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”

    5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”

    6अब्राहामले त्‍यसलाई भने, “तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू!

    7मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्‍तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस् ।

    8त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”

  • उत्प 21:23-24
    2 पदहरू
    79%

    23यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”

    24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”

  • उत्प 24:34-39
    6 पदहरू
    77%

    34त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ ।

    35परमप्रभुले मेरा मालिकलाई धेरै आशिष्‌ दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन्‌ । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।

    36मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।

    37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

    38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।'

    39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला?'

  • उत्प 24:10-12
    3 पदहरू
    77%

    10आफ्‍ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।

    11त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो । त्यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो ।

    12अनि त्यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।

  • उत्प 24:48-49
    2 पदहरू
    75%

    48अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो ।

    49अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता र भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌ । होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला ।”

  • 16यो परमप्रभुको घोषणा हो, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले

  • उत्प 24:51-52
    2 पदहरू
    74%

    51हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”

    52तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो ।

  • उत्प 22:9-10
    2 पदहरू
    74%

    9परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।

    10अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए ।

  • उत्प 24:41-43
    3 पदहरू
    73%

    41तर तँ मेरो कुटुम्‍बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्‌नेछस्‌ ।'

    42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,

    43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा

  • 14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

  • 66त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो ।

  • उत्प 17:23-24
    2 पदहरू
    72%

    23त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।

    24तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।

  • उत्प 44:32-33
    2 पदहरू
    72%

    32किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'

    33त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।

  • 30तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।”

  • 53अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।

  • 12उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर, आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌ भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ

  • 13किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।

  • 73त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।

  • 9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

  • 3यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।

  • 3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।

  • 9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।

  • 12अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे ।

  • 4उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”