उत्पत्ति 18:11

अनलक शाब्दिक बाइबल

अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 17:17 : 17 त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”
  • इब्रा 11:11-12 : 11 सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे । 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।
  • इब्रा 11:19 : 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
  • उत्प 17:24 : 24 तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।
  • उत्प 31:35 : 35 उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला । म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन् ।
  • लैव्य 15:19 : 19 कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।
  • लू 1:7 : 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
  • लू 1:18 : 18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”
  • लू 1:36 : 36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
  • रोमी 4:18-21 : 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । 19 उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे । 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, उनलाई विश्‍वासमा बलियो बनाइयो र उनले परमेश्‍वरको प्रशंसा गरे । 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 18:12-15
    4 पदहरू
    86%

    12यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?”

    13तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?

    14परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”

    15त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन्‌ । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”

  • उत्प 21:1-2
    2 पदहरू
    81%

    1¶ आफूले भन्‍नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो ।

    2सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।

  • उत्प 17:15-19
    5 पदहरू
    81%

    15पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।

    16म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् ।”

    17त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”

    18अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”

    19परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।

  • उत्प 18:9-10
    2 पदहरू
    80%

    9उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”

    10परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्‌ ।

  • उत्प 20:17-18
    2 पदहरू
    77%

    17त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।

    18किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।

  • 30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन् ।

  • उत्प 21:5-7
    3 पदहरू
    77%

    5आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।

    6साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्‍नेहरू हरेक मसँगै हाँस्‍नेछन् ।”

    7तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”

  • 19उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।

  • 11सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे ।

  • 1¶ अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष्‌ दिनुभएको थियो ।

  • उत्प 16:1-2
    2 पदहरू
    75%

    1¶ अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।

    2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।

  • उत्प 23:1-2
    2 पदहरू
    74%

    1¶ सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए ।

    2सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे ।

  • 36मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्‌ ।

  • 21तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”

  • 7तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।

  • 11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।

  • 9किनकि प्रतिज्ञाको वचन यही हो, “म यही समयमा आउनेछु र सारालाई एउटा छोरो दिइनेछ ।”

  • 24तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।

  • 2अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।

  • उत्प 25:7-8
    2 पदहरू
    70%

    7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।

    8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

  • 6तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”

  • 19त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाक खेतको ओडारमा गाडे ।

  • 20यी कुराहरू भएको केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने ।

  • 31जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन ।