उत्पत्ति 19:31

अनलक शाब्दिक बाइबल

जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 16:2 : 2 त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
  • उत्प 16:4 : 4 त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।
  • व्यव 25:5 : 5 सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
  • यशा 4:1 : 1 ¶ त्यस दिन सात जना स्‍त्रीले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्‍नै खाना हामी खानेछौं, हाम्रो आफ्‍नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”
  • मर 9:6 : 6 (तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
  • उत्प 4:1 : 1 ¶ मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
  • उत्प 6:4 : 4 ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए ।
  • उत्प 19:28 : 28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
  • उत्प 38:8-9 : 8 यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।” 9 त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।
  • उत्प 38:14-30 : 14 तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन् । तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन् । किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन् । 15 जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने । 16 तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?” 17 उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु ।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्‍नुहुनेछ?” 18 उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् । 19 त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् । 20 यहूदाले ती स्‍त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्‍त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् । 21 त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।” 22 उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।” 23 यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।” 24 त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।” 25 जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।” 26 यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् । 27 तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो । 28 तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।” 29 तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो । 30 त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 19:32-37
    6 पदहरू
    87%

    32आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।”

    33यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।

    34अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”

    35यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।

    36यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।

    37जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।

  • 30तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्‍न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।

  • उत्प 19:4-10
    7 पदहरू
    77%

    4तर उनीहरू सुत्‍नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।

    5तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्‍न सकौँ ।”

    6यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्‍के र आफू निस्‍केपछि ढोका थुनिदिए ।

    7तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस् ।

    8हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”

    9तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्‍न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्‍काउनको निम्ति नजिक आए ।

    10तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।

  • उत्प 19:12-18
    7 पदहरू
    75%

    12त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।

    13किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको छ ।”

    14लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्‍ट पार्न लाग्‍नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।

    15जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्‍नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ ।”

    16तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्‍नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए ।

    17जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्‍ट हुनेछैनौ ।”

    18लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!

  • उत्प 9:21-24
    4 पदहरू
    74%

    21दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।

    22तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।

    23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

    24नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।

  • उत्प 6:1-2
    2 पदहरू
    74%

    1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

    2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।

  • 12तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”

  • न्या 19:22-23
    2 पदहरू
    72%

    22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”

    23घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!

  • 16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 18जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।

  • 31तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”

  • उत्प 19:1-2
    2 पदहरू
    71%

    1¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।

    2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।

  • 27तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ ।

  • 32हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'

  • 11आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।

  • 20हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'

  • 4ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए ।

  • 11आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।

  • 11अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।

  • 27तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।

  • 19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।

  • 16हाम्रा पिताबाट परमेश्‍वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन् । त्यसो भए, अब परमेश्‍वरले तपाईंलाई जे भन्‍नुभएको छ, सो गर्नुहोस् ।”