उत्पत्ति 18:22
यसकारण ती पुरुषहरू त्यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
यसकारण ती पुरुषहरू त्यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्म उनीहरूलाई बिदा गर्न गए ।
17तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
23तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ?
24सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?
25धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
26परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
28यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।”
29तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्यहाँ चालीस रहेछन् भने?” उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”
26तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्का बनिन् ।
27अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
28उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
29परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो ।
20तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
21मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
31तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
32तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।”
33अब्राहामसित कुरा गरिसक्ने बित्तिकै परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो घर फर्के ।
1¶ दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।
2तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे ।
3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् ।
1¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।
2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे ।
13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए ।
14लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् ।
22तिनीसँग कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामदेखि छुट्टिनुभयो ।
16तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए ।
17जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्ट हुनेछैनौ ।”
18लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!
4तर उनीहरू सुत्नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।
3अब्राम घोप्टो परे अनि परमेश्वरले तिनलाई भन्नुभयो,
6यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्के र आफू निस्केपछि ढोका थुनिदिए ।
1¶ यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
11त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने,
9तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।
5अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
7तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्डवत् गरे ।
21उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्ट गर्दिनँ ।