उत्पत्ति 18:4

अनलक शाब्दिक बाइबल

केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 19:2 : 2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
  • उत्प 43:24 : 24 भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।
  • उत्प 24:32 : 32 तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।
  • लू 7:44 : 44 येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
  • यूह 13:5-9 : 5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो । 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?” 7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।” 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” 9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।” 10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।” 11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” ) 12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?” 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ । 14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
  • १ तिमो 5:10 : 10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
  • १ शमू 25:41 : 41 उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”

  • उत्प 18:1-3
    3 पदहरू
    80%

    1¶ दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।

    2तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।

    3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।

  • उत्प 19:2-3
    2 पदहरू
    77%

    2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।

    3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।

  • न्या 19:19-21
    3 पदहरू
    76%

    19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”

    20ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”

    21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।

  • उत्प 24:31-33
    3 पदहरू
    76%

    31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”

    32तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो ।

    33तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”

  • 8तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।

  • रूत 3:3-4
    2 पदहरू
    74%

    3यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।

    4तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”

  • उत्प 24:17-19
    3 पदहरू
    74%

    17तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”

    18तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् ।

    19त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।”

  • 10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”

  • 24भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।

  • उत्प 24:42-43
    2 पदहरू
    72%

    42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,

    43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा

  • न्या 4:19-20
    2 पदहरू
    71%

    19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।

    20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

  • न्या 6:17-18
    2 पदहरू
    71%

    17गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।

    18म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”

  • उत्प 24:12-14
    3 पदहरू
    71%

    12अनि त्यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।

    13हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ ।

    14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

  • न्या 19:4-6
    3 पदहरू
    71%

    4तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।

    5चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”

    6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”

  • 13ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”

  • १ शमू 10:3-4
    2 पदहरू
    70%

    3तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।

    4तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।

  • 28खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्

  • 3तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”

  • 31त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।

  • 14परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”

  • 45“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’

  • 54तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।”

  • 9जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”

  • 19अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”

  • उत्प 26:29-30
    2 पदहरू
    68%

    29ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ । त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन । तपाईं साँच्‍चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ ।”

    30त्यसैले इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए ।