उत्पत्ति 18:7

अनलक शाब्दिक बाइबल

अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 19:3 : 3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
  • न्या 13:15-16 : 15 मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्‍नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।” 16 परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)
  • आमो 6:4 : 4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।
  • मल 1:14 : 14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 22:4 : 4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
  • लू 15:23 : 23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
  • लू 15:27 : 27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो ।
  • लू 15:30 : 30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 18:8-9
    2 पदहरू
    85%

    8तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।

    9उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”

  • उत्प 18:5-6
    2 पदहरू
    84%

    5मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”

    6तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”

  • उत्प 27:9-10
    2 पदहरू
    75%

    9बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु ।

    10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • 14तब तिनी गएर ती पाठा ल्‍याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌ ।

  • उत्प 21:27-28
    2 पदहरू
    73%

    27यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।

    28त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए ।

  • उत्प 22:2-3
    2 पदहरू
    73%

    2त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”

    3त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।

  • उत्प 24:33-34
    2 पदहरू
    73%

    33तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”

    34त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ ।

  • 17अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌ ।

  • 31उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।

  • 2तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।

  • उत्प 22:5-10
    6 पदहरू
    72%

    5अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”

    6त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्‍नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।

    7इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्‍यसले भन्‍यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”

    8अब्राहामले भने, “मेरो छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।

    9परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।

    10अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए ।

  • 19गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।

  • 9तब उहाँले तिनलाई भन्‍नुभयो, “मलाई तिन वर्षको एउटा कोरली, तिन वर्षको बाख्राको एउटा पाठी, तिन वर्षको एउटा थुमा, एउटा ढुकुर र एउटा परेवा लेऊ ।”

  • 7‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।’

  • 8त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।

  • 24ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।

  • 12अनि त्यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु मेरा मालिकका परमेश्‍वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌ ।

  • 28तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।

  • 5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

  • 20इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।”

  • 27अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।