उत्पत्ति 27:17
अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन् ।
अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी तयार गरिन् ।
15रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन् ।
16बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
31उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्ना पिताकहाँ ल्याए । उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
9बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी बनाउनेछु ।
10अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्नो मृत्युअगि तँलाई आशिष् देऊन् ।”
4मलाई मनपर्ने स्वादिष्ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्युअगि म तँलाई आशिष् दिऊँ ।”
5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्याउन मैदानमा गए ।
6रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
7‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्वादिष्ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्युअगि परमप्रभुको सामुन्ने तँलाई आशिष् दिन सकूँ ।’
24इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस्?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”
25तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष् दिऊँ ।” याकूबले त्यो मासु आफ्ना पिताकहाँ ल्याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।
18याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्?”
19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
20इसहाकले आफ्ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्यो भेट्टाउन सकिस्?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्वरले यसलाई मकहाँ ल्याउनुभयो ।”
28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
29याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
54याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए । तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए ।
33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे ।
34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे । यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए ।
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन् ।”
7अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्यसलाई हतारमा तयार गर्न लागे ।
8तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।
33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
25तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।
37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकेँ । र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ । अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु । अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”