उत्पत्ति 25:33

अनलक शाब्दिक बाइबल

याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 12:16 : 16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
  • उत्प 27:36 : 36 एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”
  • उत्प 36:6-7 : 6 एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए । 7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
  • मर 6:23 : 23 तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
  • इब्रा 6:16 : 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।
  • उत्प 14:22 : 22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
  • उत्प 24:3 : 3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 25:29-32
    4 पदहरू
    92%

    29याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।

    30एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।

    31याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”

    32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”

  • 34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।

  • उत्प 27:33-37
    5 पदहरू
    78%

    33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

    34जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”

    35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

    37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

  • 16होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।

  • 41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

  • 19याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

  • 9एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”

  • उत्प 27:30-31
    2 पदहरू
    73%

    30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

    31उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 25तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष्‌ दिऊँ ।” याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।

  • 26त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।

  • 15रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।

  • 53अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।

  • 10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • 17अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌ ।

  • 31त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ ।