उत्पत्ति 25:26

अनलक शाब्दिक बाइबल

त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 27:36 : 36 एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”
  • हो 12:3 : 3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।
  • उत्प 38:28-30 : 28 तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।” 29 तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो । 30 त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 25:24-25
    2 पदहरू
    84%

    24तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।

    25जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।

  • 30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

  • उत्प 25:27-33
    7 पदहरू
    78%

    27बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।

    28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।

    29याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।

    30एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।

    31याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”

    32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”

    33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।

  • उत्प 27:21-23
    3 पदहरू
    77%

    21इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।”

    22याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

    23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।

  • उत्प 27:35-36
    2 पदहरू
    76%

    35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

  • 34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

  • 3गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।

  • 1¶ जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”

  • उत्प 27:15-16
    2 पदहरू
    74%

    15रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।

    16बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,

  • उत्प 27:41-42
    2 पदहरू
    74%

    41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

    42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

  • 35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।

  • 6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

  • 19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।

  • 32उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”

  • 27याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।

  • 25ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।

  • 11याकूबले आफ्‍नी आमा रिबेकालाई भने, “हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्‌, र मचाहिँ रौँ नभएको छु ।

  • 27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”

  • 5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।

  • 19याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 28तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।”