उत्पत्ति 27:35

अनलक शाब्दिक बाइबल

इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 27:19-23 : 19 याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।” 20 इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।” 21 इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।” 22 याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।” 23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।
  • २ राजा 10:19 : 19 त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
  • अय्यू 13:7 : 7 परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
  • मल 2:10 : 10 के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ?
  • रोमी 3:7-8 : 7 तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? 8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौँ, “दुष्‍ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
  • २ कोरि 4:7 : 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
  • १ थेस 4:6 : 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 27:36-42
    7 पदहरू
    89%

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

    37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

    38एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌ ।” एसाव डाँको छोडेर रोए ।

    39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।

    40तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस्‌ । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌ ।”

    41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

    42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

  • उत्प 27:29-34
    6 पदहरू
    81%

    29मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

    30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

    31उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

    32उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”

    33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

    34जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”

  • 12सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु ।”

  • 6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

  • उत्प 27:22-23
    2 पदहरू
    75%

    22याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

    23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।

  • 33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।

  • 19याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 31याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”

  • 10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • 1¶ याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”

  • 11कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।

  • 26त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।

  • 9एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”