उत्पत्ति 27:34

अनलक शाब्दिक बाइबल

जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 12:17 : 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
  • नीति 1:31 : 31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।
  • नीति 19:3 : 3 मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।
  • लू 13:24-28 : 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् । 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’ 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’ 27 तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’ 28 जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।
  • १ शमू 30:4 : 4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
  • नीति 1:24-28 : 24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन । 25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ । 26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु- 27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् । 28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 27:35-39
    5 पदहरू
    93%

    35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

    37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

    38एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌ ।” एसाव डाँको छोडेर रोए ।

    39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।

  • उत्प 27:29-33
    5 पदहरू
    83%

    29मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

    30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

    31उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

    32उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”

    33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

  • उत्प 27:41-42
    2 पदहरू
    80%

    41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

    42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

  • उत्प 27:18-19
    2 पदहरू
    77%

    18याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्‌?”

    19याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

  • 12सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु ।”

  • 1¶ जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”

  • 4एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।

  • उत्प 27:21-27
    7 पदहरू
    75%

    21इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।”

    22याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

    23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।

    24इसहाकले सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”

    25तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष्‌ दिऊँ ।” याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।

    26तब तिनका पिता इसहाकले तिनलाई भने, “ मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”

    27याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ ।

  • 17किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।

  • उत्प 27:5-6
    2 पदहरू
    74%

    5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

    6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

  • 30एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।

  • 10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • उत्प 25:32-34
    3 पदहरू
    74%

    32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”

    33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।

    34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।